नया बर्षको कामना यसरी...

आज यौटा तान्का टासेर सबैमा नया बर्षको शुभकामना दिन चाहन्छु ।

वौद्ध धर्म र जेन परम्पराको प्रभाव तान्काको आत्मा हो । चौधौं शाताव्दी लामो इतिहास बोकेको यो कविताको लोकप्रियताको कसी मानयोशु काव्य संकलनलाइ लिन सकिन्छ, यद्यपि आजपनि यसको चेतना प्रभाव, शक्ति र क्षमताप्रति उत्तिकै विश्वाश छ । नया बर्षको शुभकामना दिने केहि पृथकपनाको खोजि गर्दै म हज्जारौं बर्ष पछाडी फर्किएको छु, "साहित्यको सिमा हुदैन, यो कुनै देशको पनि हुदैन त्यसैले यतिखेर तान्का यहाँ मेरो भएको छ" । कसको/के विधा भित्र्याइस हँ भनेर औंला उठाउनेहरुलाई मेरो रेडिमेड जवाफ । यो तांका कामना हो नया बर्षको, यसको सौन्दर्य जस्तो सुकै देखिए पनि, शास्त्रीय संरचना भित्र लेखिएका यी हरफहरुको प्रभाव सबैको मन मस्तिष्कमा पुगोस र ऋचामन्त्र झैं अनुभूत र ग्रहण होस् ।

यसरी शुरु हुन्छ ....



ए प्रमिथस!
धपक्क भइ केहि
उदायो हेर
अब तिमी खोज्नेछौ
अग्नी हैन उज्यालो ।




मुसोरुपी कुचीले कम्प्युटरको भित्तालाई क्यानभास मानेर कोर्दा यस्तो भयो ।यो चित्र वा ग्राफिक कन्सेप्टसंग तान्काको कुनै प्रत्यक्ष सम्बन्ध भने छैन है :)

9:51 AM | Posted in | Read More »

फेसबुक र फेरि अर्को विलयन


फेसबुकको एउटा संयुक्त कविताको समिक्षा यसपालीको मेरो टासोमा परेको छ । विषयवस्तुमा खासै नौलोपन नभएपनि पत्रिका प्रकाशन गरिदा फेसबुककै रुपरंग मिसाएर प्रस्तुत गरिएको यसको स्वरूप चाहि रमाइलो छ :) चित्रमा थिच्नु होला ।





कहिले त मिठो वास्तविकता नै हो कि जस्तो आभास हुने । इन्टरनेटको सामाजिक संजालमा दिनदिनै अनेकौं लेख रचना तस्वीरहरु, टासिन्छन , गफगाफका प्रत्यक्ष प्रसारण हुन्छ्न वा सबैकुरा "लाइभ" । पढदा पढ्दै कहिलेकाही चिसो सिरेटो जस्तो स्वप्नभंगको सानो तर नमिठो झोंक्काले हानेर जान्छ , नमिठो यसकारण जसले चेतनाको तारमा यो यावत् सम्बन्ध र सामिप्यता भ्रम मात्र भएको बोध गराउछ । यस्तै डिजिटल मेडियाको संजाल चहार्दै हिड्ने केही सृजनशील मनहरुको एउटा हुल नै त्यहाँ थियो , जसले निरन्तर केही न केही लेखिरहन्थ्यो, टासिरहन्थ्यो र शव्द साहित्यको झंकार सन्सार भरि गुन्जने गरि चेतनाको बिगुल फुकी रहन्थ्यो । त्यही कुरा आजको यो बसिबियालोमा ।

हो म फेसबुकको कुरा गर्दैछु, सोसल नेटवर्किंग साइटहरुमा अत्यन्त लोकप्रिय र प्रभावकारी यो संजालमा जेलिदै धेरै नया नया मित्रहरु संग परिचय बढेका छन । परिचयको लश्कर कति हो कति बढेको बढयै गर्छ, लहरो तान्दा पहरो थर्केजस्तो तर ती मध्ये केही यस्ता परीचयहरु छन, जसले शाव्दिक चेतनाका रंगहरु भर्छन, " नोट " भनेर लेखिएको क्यानभासमा,अनि परिवर्तन शान्ति र प्रगतिका आकृतिहरु कोर्छन । अर्थात साहित्यक स्रष्टाहरु जो डिजिटल चौतारीमा भेला हुन्छन र पोख्छन आफ्ना भावनाहरु ।

स्पष्ट दिशानिर्देश लिन नसकी आजको राजनीति अराजक र विसंगतपूर्ण अँध्यारोले गाँजिएको महशुश गर्दै स्टाटसमै बिरोधको आवाज उराल्ने, देश बिझेका पिडाहरु अभिव्यक्त गर्ने धेरै मित्रहरु छन यहाँ , तर लेखको प्रसंग काव्यिक प्रवाहतिर मोद्छु र त्यही प्रवाहमा हेलिएको गतिमान नाउहरुको चर्चा गर्दैछु यतिखेर, यो चर्चा उनीहरुले गरेको विलयन लेखन र प्रयोगको सन्दर्भमा छ ।

भर्खरै एक दिन "सगरमाथा खोज्दै निस्केको बिहान !" सयुँक्त कविता पढ़िसके पछि मलाइ आगोको मुर्छ्नाको स्मरण भयो । यो बहुस्रष्टा कृत सिङ्गो कृति हो, जुन प्रयोगलाई विलयन भनेर नाम दिइएको थियो । प्रसंग उस्तै भएर दोहोरियो, तर यो विलयनमा देश छाडेर परदेशिएका प्रवासका स्रष्टाहरु एक अर्कामा विलय भएका छन र नया रंग बनाउदै । चेतनाको आगो बालेर कहिल्यै नथाक्ने प्रतिभाशाली नामहरु हुन् यी ।

अशोक पार्थिव,
वलदेव बिहानी,
चुम लिम्बु,
समदर्शी काइँला

धेरै प्रगतिशील सर्जकहरु यौटै धार, यौटै प्रकार र सधै यौटै प्रकृतिको चिन्तनमा कला र सौन्दर्यको रंग फिका भएको महशुश गर्छन र नया प्रयोग भित्र्याउछन लेखनमा । अनेकौं बिम्बहरूसंग खेल्दा खेल्दै संरचनालाइ नै केही नया रुप दिएर प्रभावकारी संदेश प्रसारण गर्न सकिन्छ कि भन्ने सोच नै यस्तो प्रयोगको आधार हो। विलयन लेखन यस्तै प्रयोग हो जसले पृथक कवि मनहरु एकै ठाउमा प्रस्तुत हुन्छन र कविता लेख्छन । यौटै क्यानभासमा यसरी उभिदा देखिने फरक रंगहरुको सार्थक मिश्रणद्वारा पाठकहरुमा सौन्दर्य बोध गराउनु यसको समुल विशेषता हो । साथै यसले आफैमा एकता र आत्मियताको संदेश पनि बोकेको हुन्छ ।

कवितालाई कल्पना र अलंकारिक रंगहरुले रंगाउनु जति जरुरि छः सामयिक र यथार्थपरक बनाउनु पनि त्यतिकै अनिवार्य छ । व्यक्ति देश र समाज अनि सामाजिक दुरावस्था, पिडा वा समस्या लाइ रत्तिभर प्रतिनिधि नगर्ने कोरा रचना जति नै कलात्मक भए पनि फिका देखिन्छ । केवल कल्पनामै हराउने गतिहीन शैलीलाइ विद्रोह चेतनाको लहरले पाखा लगाउदै आएको छ र यस्तो चेतनशील लेखन युगान्तकारी र कालजयी हुन्छ ।

चौंरीका बथान
जीवन उत्थानको गोठमा
युगिन निम्छरा भोगाईहरु नियाल्दै बस्दा
सगरमाथाको धुमिल बर्को
कुन चैतमासको हुरीले उडाएर लग्यो
सोधदैछन अरुण र तमोरका छलांगमय सुसेलीहरु ।

सिर्जनशील र फरक सोचले प्रेरित भएर साहसिक सर्जकहरुले कोरेका जति पनि नया धारहरु छन तीनलाई उत्तर आधुनिक संरचना भन्दा भिन्न राखेर व्याख्या गर्नु युक्तिसंगत नहुने मेरो तर्क छ । यद्यपि तीनका निश्चित मापहरु होलान तर ती परम्परागत शैलीका अभ्यस्ततालाइ कुल्चेर समयको सुदुर क्षितिज उघार्ने चेतनाहरु हुन् । समय हिजोको प्रविधिमा आफैं पनि रोकिदैन यसर्थ अबका कविताहरुले सामयिक हुनैपर्छ ।

यसबेला यिनै चार सर्जक हरु सगरमाथा छुन उद्यत् प्रवाहको यौटा विहान कोरिरहेका छन । र संयुक्त कविता लेखिरहेछ्न । भेटघाट यहि डिजिटल चौतारीको हो । तर परीचय मानौं धेरै पुरानो छ यो सम्बन्धको । संयुक्त लेखनको यो कविताले फेसबुकको मझेरीमात्र रंगाएको छैन यसले नेपाली साहित्यमा यौटा नौलो संदेश र परिवर्तनको घन्टी बजाएको महशुश कविता पढेपछि हुन्छ । कविताले घचघच्याएको छ निरिह समयलाई । चिन्ता छ परिवर्तन बिरोधी तत्वहरुको ।

सगरमाथाको मसि
कुन हिउदको सिरेटोले
पातलो बनायो ?

जिज्ञासायुक्त बिम्बको शसक्त आरोह संगै आरम्भ भएको कविताको ओज घनिभूत हुदै जान्छ र पाठक मन अझ आतुर हुन्छ भावको गहिराइमा डुब्न । अनि टक्क अडिन्छ ... देश र समाज दुखेको महशुश गर्छ ....जब उ यहानेर पुग्छ ।


कुन पटाक्षेपमा गएर भासियो
सोध्न चाहन्छन टिस्टा र काँगडामा कुदिएका
हाम्रा सिमा स्तम्भहरु ।

देशलाई छातीभित्र राखेर प्रवासिएको नेपालि मन यहानेर भरिन्छ देशको मायाले । चारै सर्जक संग घर छाड्नुको नमिठो अनुभूति छ, र समभाव पोखिएको छ कवितामा । यो स्थितिले सबैलाई पिरलेको छ सिमा मिचिनु वा अझै पनि असुरक्षित हुनुको आशंका हो यो । यस्तो पिडादायी अनुभूति एउटा देशको हरेक स्वाभिमानी नागरिकमा हुनु पर्छ । हिउन्जस्तै संग्लो देशप्रेमको काव्यिक अनुभूति संग पग्लदा पग्लदै पाठक अब त्यस्तो खण्डमा आइपुग्छ जहाँ सबै भावना मूर्तपनाहरु, आकारहरु, बिचारको सघन अमूर्ततातिर, गहिराईतिर वा रहस्यतिर या भनुँ कविताको क्लाइमेक्सतिर अभिमुख भएझैं महशुश हुन्छ ।

अब काव्यिक प्रवाहले कविताको शृंगार र बिम्बको जादुमा मोहित भैरहने पाठक स्वाभावको मोहभंग गर्छ र ध्यानाकर्षण गराउँछ । यथास्थितिमा फर्काउँछ र ठिंग उभ्याइदिन्छ कतै अग्लो पहाडको नजिक .........तर फेदैमा । यद्यपि यसले निराशा बोल्दैन । अनेक अर्थ र प्रयोग हरु हुन्छन रंगमा । यहानेर रङ्गै रंगका भिरहरु भत्किएको पनि देखिन्छ । घात स्पष्ट देखिनेगरी कुनै कुचिकार चेतनाको रंग भर्न थाल्छ र पाठकलाई वौद्धिक बिचार लिएर सम्पूर्ण क्यानभास रंग र भाव पुन पढन आग्रह गर्छ । यहानेर बहुरंगवादको छाया स्पष्ट देखिन्छ।कहिले छर्लंग बुझेजस्तो, कहिले केवल शाव्दिक पहिरो मात्र अनुभूत हुने गरि ठ्याक्कै नबुझिने अन्तिम धर्काहरु कोरेको छ । अभिव्यक्तिको क्लिष्ट मोडमा काव्यको अन्त्य हुनुले पाठकलाई रचनामा कहीं अल्झन र सो बिषयमा घोरिएर आफ्नो अर्थ लगाउन बाध्य बनाउछ ।

यसर्थ आजकल म सगरमाथा बाँचिरहेछु
एन्द्रिक रंगिताको बोधमा
अर्थकुल निर्निमेष हेरिरहेछु क्षितिजलाई
सगरमाथा खोज्दै निस्केको बिहान ।



शव्दहरुको सरलीकृत संरचनामा मात्र काव्यबोध हुने परम्परा नितान्त फेल भैसक्यो । आजको साहित्यले पाठकलाई सोचमग्न बनाउछ र वौद्धिकताको अपेक्षा गर्छ साथै यदाकदा अनिश्चय वा भ्रान्तिको पनि सिर्जना गर्छ तर यहि बुझाइ वा अबुझाइको अवस्थामा अनुभूत हुने काव्यचेत नै यसको सौन्दर्य हो । प्रत्येक व्यक्तिका आफ्नो दृष्टिकोण र दर्शन हुन्छन र काव्यलाइ पनि आफ्नो अनुरुप बुझ्न तपाइँ स्वतन्त्र हुनुहुन्छ । मानौं मोनालिसाको तस्विर पढे जस्तै ।

विगतको प्रगतिशील समसामयिक शैलीमा रमाएको काव्यक्षेत्रमा नया नया धारहरु पलाउदै गए । प्रयोग र संरचनामा नविनतम बांकिहरुको खोजि गर्न सर्जक हरु उत्साहित हुदै गए र नेपालि साहित्यमा जन्मियो वहुरंगवाद, मुक्तलेखन, अश्रृन्गार , चक्रव्यूह सचेतना, लीलालेखन अर्थात सृजनशील अराजकता जस्ता अनेकौं नाम, वाद वा प्रयोगहरु । ती प्रयोग आफैमा लहड वा रौसमात्र थिएनन साहित्यिक आयामका नया पाइलाहरु थिए, त्यसरी नै फेसबुकका पर्खाल र कान्ला कान्ला दगुर्दैछ्न एक हुल युवाहरु चेतनाको राँको बोकेर,
सगरमाथाको उचाई चुम्न ।
ती पाइलाहरुलाई सलाम ....!

10:37 AM | Posted in | Read More »

दुइ थान गज़ल




व्यस्तताको सिलसिला र भौतिक परिवेशको निरन्तर उतार चढाव भैरहंदा अनौठो संग दैनिकीहरु बेफुर्सदिला बनेका छन,त्यसो त यो व्यस्तताले सकारात्मक र नकारात्मक दुवै पक्ष समेटेको हुनसक्छ यद्यपि यस्तो अवस्थामा केहि कोर्ने अवसर जुटाउन नसक्नु,मित्ररु संग अपडेटेड हुन कठिन हुनु, भावना र अनुभूतिका झिल्काहरुले उज्यालोको कुनै मुर्त आकार लिन नसक्नु मेरो लागि दुखद पक्ष बनेका छन । अस्तव्यस्त दिनचर्या सहज नबनाई भएकै छैन । किस्ता किस्ता बाडिएका फुर्सद हरुलाई तानतुन गरेर एक ढिक्का बनाउने र स्थिति सहज बनाउने प्रयास भने जारी छ (पहिले जस्तै :) धेरै पछि आज प्रेम र सौन्दर्यका दुइ थान गज़ल लिएर आएको छु - सुनाउन । लौ सुनेर जानुस!

पहिलो

बस्यौ बाटो हेरि, र त जुध्यो नज़र ।
फर्किएँ म फेरि, र त जुध्यो नज़र

ओठै नखोलेर, इशाराले बोल्ने
रैछौ माया मेरी, र त जुध्यो नज़र ।

नदेखेझैं गर्दै, मेरै बाटो तिर
चियाउदा खेरि, र त जुध्यो नज़र ।

मलाइ नै पर्ख्यौ बाटो घाटो मेला
कुवा र पधेरी, र त जुध्यो नजर ।


बसिरहुँ भन्छ हजुरकै सामु
आँखै यो अटेरी,र त जुध्यो नजर ।


दोश्रो


उपवन मनको मेरो डुल्न आउनु भयो
फूलजस्तै मुस्काउदै फुल्न आउनु भयो ।

शर्माएर पहिले पहिले, पर जानु हुन्थ्यो
अहिले पो यी यस्तरी, खुल्न आउनु भयो ।

कति कति हासो खुसि, सुख दुख कति
एकै छिन सारासंसार, भुल्न आउनु भयो ।

वादल पारि पिरतीको, घर देखाउदै
कल्पनाको रोटेपिंग, झुल्न आउनु भयो ।

वसन्त झैं रंगिन यो, मेरो यौवनमा
वहारको रंग लिई, घुल्न आउनु भयो ।

12:35 AM | Posted in | Read More »

सय दियोहरु बलेको साँझ






हातको मैला सनको थैला के गर्नु धनले
साग र सिस्नु खाएको वेश आनन्दी मनले




आज धेरै मुनाहरु यसो भन्दैनन, समय बदलिएको छ । समयसंगै मुना मदन र ल्हासाहरु बद्लिई रहेका छन । नेपाली साहित्यका चम्किला तारा महाकवि लक्ष्मी प्रसाद देवकोटाको यो वर्ष सैयौं जन्मजयन्ति परेको छ । लक्ष्मी पुजाको साँझ हामीले सय दियोहरु बालेर उनको सम्झना गर्यौं ।

प्रवास अनि व्यस्तता ...। हामी मध्ये उस्तो साहित्यकर्मी वा श्रष्टा त कोही पनि छैनौं होला शायद , तथापि नेपाली भाषा साहित्य कला र संस्कृतिसंगको आत्मियताले जानेर वा नजानेर धेरै मनहरुलाई यो प्रवासमा कवि बनाएको छ, कथाकार बनाएको छ र फुर्सद हुने बित्तिकै आफ्नो भावनाहरु, पीडाहरु पोख्न घर सम्झेर केहि लेख्न उत्प्रेरित गरेको छ । अनि यस्तै मन मिल्ने केहि मनहरुको यौटा मण्डली तयार भएको छ जसलाई हामीले साहित्य समाज भनेर नाम राखेका छौं ।

देवकोटा शतवार्षिकीको यो विशेष अवसरमा अन्य कुनै पनि संघ संस्थासंग आवद्ध नरही आफ्नै साहित्यिक पत्रिका निकाल्ने सपना पनि पुरा गरेका छौं । अर्थात हामीले "मेरो नेपाल" को प्रारम्भ गर्यौं। मेरो नेपालको प्रकाशन संगै अनेकौं प्रश्नहरु उठे । हो, हामीमा पत्रिका किनेर पढ्ने बानीको विकास भएको छैन, हामी मनोरंजन, रेष्टुरेन्ट, फेशन वा डिस्कोमा आँखा चिम्लेर जति पनि खर्च गर्न तयार छौं तर पुस्तक वा पत्रिकाका लागि सानो अंश पनि छुट्याउदैनौं । यसर्थ यो ठाउँमा पत्रिका प्रकाशनको हाम्रो रहर व्यवसायिक हिसाबले पक्कै उपयुक्त छैन । यहीं नै एनआरएन इजरायलको विगत एक बर्ष देखि प्रकाशित हुदै आइरहेको "नेपाल चौतारी" यसको ज्वलन्त उदाहरण हो ।

तर साहित्य समाज व्यवसाय गर्दैन, हामी प्रवासमा रहेका नेपालीहरुमा एउटा विशुद्द नेपाली भाषाको पत्रिका पस्कन चाहन्थ्यौं, जसले हामीमा आफ्नो देश भाषा र साहित्यप्रति प्रेमको संचार गरोस, हाम्रा भावना, बिचार र आवाजहरु प्रसारण गरोस, जसले नेपाली जातीय एकताको शंखघोष गरोस !


देवकोटा शतवार्षिकी मनाउने क्रमको त्रिदिवसीय कार्यक्रममा सरिक भै समभाव बाड्नु हुने नेपाली दुतावास इजरायलका उपप्रमुख श्री मुक्तिनाथ भट्ट, सचिव श्री विष्णु गौतम तथा थान प्रसाद शर्मा एन आर एन इजरायलका अध्यक्ष भुवनसिंह कुँवर, कानुनविद श्याम रोक्का, तथा अन्य संघ संस्थाका प्रतिनिधिहरु साथै पत्रिका प्रकाशनका लागि सधै हौसला र प्रेरणा दिनु हुने महामहिम राजदूत वैजनाथ थपलिया प्रति हार्दिक आभार व्यक्त गर्दै देवकोटा शतवार्षिकीको यो एतिहासिक घडीमा "मेरो नेपाल" लोकार्पण गर्न पाएकोमा यो ब्लगरले यसपालिको तिहार धेरै खुसीको महशुश गर्यो, भलै यसका लागि उसले कैयौं रात र निन्द्राहरु माया मार्नु किन नपरेको होस्?




सय दिपहरु धेरैबेर प्रज्वलित भैरहे । हामीलाई लाग्यो यतिको पृथक उज्यालो र झिलिमिली तिहार यो प्रवासमा यसरी पहिले भएको थिएन । यो उज्यालो ज्ञानको उज्यालो बनोस , चेतना र सिर्जनाको उज्यालो बनोस । लक्ष्मी तिम्रा सम्झना र श्रद्धाका दिपहरु हाम्रो मन मस्तिष्कमा सधै सधैं बलि राखोस ।





4:15 PM | Posted in | Read More »

कुहिरोले धुम्म भोट






कुहिरोले धुम्म भोट
सिरेटो र सिमसिम पानी
फुस फुस हिउँ बनेर खसिरहेछ
घरको सम्झना
आँखाको गहिरो गहिरो आकाशमा
र पग्लिरहेछ्न तप तप
यो झरी हो कि आँसु हो
बिरानो देशमा मदनहरु रुझी रहेछन ।

ल्हासाको सुन जस्तै
मुनाका उज्याला छायाहरु बोकेर
मायाका एक लहर श्वेत शिरिषहरु
छपक्कै फुलिदिन्छन
फिक्का फिक्का
लुक्याङ तलाउको रंग जस्तो
मनको आगनभरि ।

बाहिर तासिलिङ्गा उपवन
हावामा तैरी रहेछ ।

साग र सिस्नु कति खानु ?
लक्ष्मी! तिम्रो कथा आज पनि उस्तै छ
ठाउ ठाउँ फाटेका अभावका थोत्रा राडीहरु टाल्न
मदनहरु खाडी चाहार्दैछ्न
र चराउदैछ्न भेडाहरु ।

ल्हासा त एउटा कथा मात्र हो तिमीले लेखेको
लाला बालाका आङ ढाक्ने ठिहिरो रहर बुन्दै
ऊन टिप्न कहाँ कहाँ मात्र पुगेका छैनन् मदनहरु?

पखेटा लागेका पंक्षीले
चटक्कै गुंड छाडेझैं
खरको छानो उस्तै चुहिदो छ ।

एकसरो राम्रो लगाउनु
एक मुठी मिठो खानु
ऋणको पोको तिरेर फुक्की हुनु
वा सके धारो र पाटी पनि बनाउनु
कुन ठुलो इरादा छ उसको ?

न पोतालाको सुनको छानो ताक्छ उ
न इन्द्रको आसन नै आँक्छ उ

आमाका आँखाहरुमा
वा मुनाका ओठहरुमा
झिना मुस्कानहरु किन्ने
यस्तै यस्तै सपनाहरुको निष्ठुरी बर्खा
तर उसको सिरानीमा
हरेक रात पोखिईरहेको हुन्छ ।

लक्ष्मी! तिम्रो सानो नेपालमा
हरेक दिन उर्लन्छन
जुलुसका बाढीहरु र बगाउछ्न
नया नेपालको सप्पै खाका रचना

यो अराजक भिड
जहाँ शामिल हुन्छन
मुकुण्डो भिरेका आधुनिक बुद्धहरु
र नाघ्छ्न हिँसा र बर्बरताको पराकाष्टा
र ढाकिन्छ
अशान्ति र अव्यवस्थाको अँध्यारो
देशै भरि

कालो काग भएर
घरको नमिठो अखबार
आएर थपक्क बस्छ
अभागी चेतनाका हाँगाहरुमा
र ठुंग्न थाल्छ - मदनका मथिंगलहरु
जो मानेको चक्र जस्तै घुमी रहेछ ।

यो छुजिक्याङ बगैचा
युतोक स्याँपा र घाँसका सुन्दर गलैचा
अनि सुनको सुनौला सपनाहरु
सप्पै थाति राखेर
मदन, त्यो बासी घर
यतिखेर फर्कन्न भन्छ ।

जहाँ ओइलाएका छन
हासो र खुसिका फूलहरु
र ढुसी परेका छन
जीवनका संकेतहरु
उ किन यस्तो सोच्छ?
पलायनको एउटा बैरागी तगारो
उसको बाटो छेकिरहेछ ।

घरको मायापनि
के विहानको हुस्सु जस्तै हुन्छ?
घाम फैलिदै आएपछी
लुसुक्क अलप हुने
मनका पाखाहरुबाट

चुहिए पनि, फाटे पनि
अँध्यारैले ढाके पनि
घर त आफ्नै घर हो
ए कोहि भनिदेउ न उसलाई
आमा साह्रै बिरामी छिन ।

"भैसीहरु हिलो खेली रहेथे -
रात रातभरि राजनीतिका,
यस्तो सपना कसरी शुभ हुन्छ?
कतै फैलिन्छ कि महामारी
लघार्छ कि जम्मै गाउँ
चाहिएन सुन बरु बुच्चै बसुँला"।

मुनाले नजाती सपना देखिन ...
कति बस्छौ कुरेर मदन,
कुहिरोले धुम्म भोट?

यो कहाली लाग्दो बर्खा
आंधीबेहरी जस्ता दिनहरु
चुहिने छानो
भत्किएको पाखो
देउसी खेल्न यसपालिको तिहार,
के तिमी आउदैनौ मदन?

2:10 AM | Posted in | Read More »

मालसिरिको धून राजै..

विजया दशमीको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपालीहरुमा सुख शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !



मालसिरिको धून राजै, बज्छ किन आज फेरी
दशैं दुख्छ तिहार दुख्छ, प्रवासीको माझ फेरी

शरदको खुला आकाश हट्यो होला हिलो मैलो
मौसम आयो सजाउन, उस्तै सज्जा साज फेरी

देउसी भैलो साथि संगी चंगा हुन्थे आकाशमा
कतै भेटिएन यहाँ , त्यो खुसीको राज फेरी

"टिका लाउन आइज कान्छा,अब तेरो पालो आयो"
निधार छ खाली आमा, सुन्छु तिम्रै आवाज फेरी

दिनहरु त बिताउदो हो, यताउता यसै गरी
भक्कानिन्छ कृष्णपक्ष, बिरानो यो साँझ फेरी ।






12:04 PM | Posted in | Read More »

अँध्यारो छ साँझ


अब चाहि केहि लेख्छु भन्ने सोच्दा सोच्दै एक दुइ हप्ता त्यतिकै चिप्लिसकेका हुन्थे मेरो हातबाट ..

फुर्सद नभएरै हो त ? मैले एकदिन मेरो खालि समय हरुको हिसाब किताब गरें, लेख्न पढ्न, चित्रकारिता गर्न वा आफैलाइ खुसि पार्ने र आफु रमाउने जनसुकै
कुरो गर्न मनग्य समय थिए । तर त्यो भै रहेको थिएन, अहं पटक्कै...

मलाइ लाग्यो केहि कोर्न, सिर्जना गर्न फुर्सद भएर मात्र कहाँ हुदो रहेछ र? आफैलाई हराउन सकिने एकान्त चाहिदो रहेछ र त्यो फुर्सदको मेरो एकान्तहरु अरु नै बिषय वा सन्दर्भहरुले चुडी रहेका हुदा रहेछन -मैले विश्लेषण गरें ।


यो जागिर , व्यापार, राजनीति, छलफल, भेटघाट,पैसा, नाचगान, जांड, घुमघाम, मनोरंजन केहि पनि नहुनु, नचाहिनु वा गर्ने नपर्नु नि मान्छेले ... कहिले काही झोक चल्छ। अझ विशेष गरि राजनीति यो त पटक्कै मन नपर्ने विषय हो मेरो, भन्छन राजनीति जालझेल र झुठको खेति हो । मेरो रोजाई त साहित्य पो हो, जसले सत्यको खोजि गर्छ, यथार्थ लेख्छ, प्रेम र सौन्दर्यको बयान गर्छ, र बाड्छ दुख सुखका भावनाहरु....

तर अचम्म ! मेरो फुर्सद को अधिकांश समय त आफ्नो रोजाई भन्दा यस्तै यस्तै विषयहरूले खोस्दा रहेछन । ठिक छ, आज कतै जान्न बरु ढोका थुनेरै बस्छु

...
अँध्यारो छ साँझ ढोका थुनेर लेख्छु गज़ल
आवाज आफ्नै स्पन्दनको सुनेर लेख्छु गज़ल

कहाँ हुन्छन शव्दहरु गजाला झैं सधैं कोमल?
सियो जस्तै कति शव्द उनेर लेख्छु गज़ल

टाल्नु थियो फाटिसके, सम्झनाका जाली रुमाल
असफल त्यस्तै केहि बुनेर लेख्छु गज़ल

सफलताको बिन्दु कुन हो -धन मान प्रेम खुसि
जोड घटाउ जिन्दगीको गुनेर लेख्छु गज़ल

चाहिएन भैगो जून, जुनेलीका रंगहरु
रात मेरो कृष्णपक्ष चुनेर लेख्छु गज़ल ।

1:57 AM | Posted in | Read More »

रीत ..

 तस्वीर - www.crunchyroll.com


ठिक छ तिमीले भन्यौ
यो रीत हो- वियोग

मिलन पछिको विछोड ..
घाम पछिको छाया ...
भेटिनु अनि छुटिनु ..

तर खै त
रात पछिको दिन
प्रतिक्षा पछिको प्राप्ति

फेरि यसबेला .. भन त
तिमी किन सम्झाइरहेछौ
रीत सधै रीत जस्तो हुदैन ..... .

कृष्णजी, ब्लगलाई किन माया मार्नु भएको ?, शुक्लपक्ष लागेर उज्यालो भेटीयो कि कसो :) यस्तै हरफहरु फेसबुकमा टासिन थालिसकेका थिए ... कतै केहि नकेरेको धेरै भएको थियो ।






ब्लग लेखन को यो बिश्राम - कारण के थियो? हुनसक्थे - विदेशको वसाई, जागीरको प्रकृति वा अर्थमोह.... इ त पहिले पनि थिए वा सधै नै रहिरहनेछ्न । त्यस बाहेक पत्रिका प्रकाशनको व्यस्तता, अनेसासका कार्यक्रमहरु, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजरायलको साधारण सभा, श्रम मन्त्रीज्युको इजरायल भ्रमण र इजरायलको रोजगारीका लागि नेपालीको फसेको करोडौं रकमको उद्धार हुने झिना आशा र त्यसले उब्जाएको व्यग्रता ..

व्यस्तताको सेरोफेरो धेरै लामो थियो , तथापि यी सबै केवल बहाना मात्र थिए भनेर मभित्रको ब्लगर बारम्बार गुनासो गरी रहेछ ।


त्यसो त लेखन पनि वहाना लाग्न थालेको छ - मन बुझाउने , मनको भारि बिसाउने वा भावनाको पनि अस्तित्व कतै हुन्छ भनेर देखाउने..तर कति उदासी हरु यस्ता हुन्छन जो न कतै लेखेर हल्का हुन्छन न कसैलाई सुनाएर । लाग्छ जो पोख्नु र नपोख्नु को कुनै अर्थ नै छैन । तर अर्को मनले त्यो पनि मान्दैन उ भन्छ तिम्रा भावनाहरु अभिव्यक्तिकै लागि मात्र हुन्, जब तिमी तिनलाई थुन्छौ ती अझ ज्यादा कष्टप्रद हुनेछन । त्यसो भए किन थुन्छ मान्छे आफुलाई र लुकाउछ अरुसंग कहिलेकाही ? मनहरुको अंतर्द्वंदमा धेरै हप्ता बितिसकेका छन - यतिखेर दोश्रो मन संग सहमत भएको छु र लेख्न बसेको छु ।

इखिलोभ भन्ने ठाउँ छ , टेड अरिसन स्वास्थ्य तथा अनुसन्धान केन्द्र, अर्थात सौरास्की अस्पताल । घडीले रातको दुइ हानिसकेको हुन्छ । झ्यालबाहिर दिउसो भन्दा पनि रमाइलो र झिलिमिली उदाइसकेको छ । म लोरिया लाइ सम्झिरहेछु, उ भर्खर भर्ना भएकी हो, त्यहि तलामा यियाल पनि भर्ना भएको छ म केहि हप्ता देखि यहि छु त्यसैले सदा भन्दा व्यस्त छु, (ब्लग विश्रामको मुख्य कारण पनि यहि हो ।) उनीहरु बिरामी हुन् म होइन , म काम गर्छु । अरु पनि छन - रसियन, रोमानी, माल्दोवा, फिलिपिनी वा इस्रयालीहरु । उनीहरु विहान सात बज्दा नबज्दै ड्युटी सकेर गैसकेका हुन्छन , म भने १० बजेसम्म बस्छु । कारण - मेरो ९३ बर्षको बिरामी छ- उ हरेक बिहान ९ बजे "फोर्टेओ" नामको सुइ लगाउदै आइरहेछ र त्यो मैले नै दिनु पर्छ । यो अलि नया र झन्झटिलो भएकोले नर्समा पनि उसको विश्वाश छैन ।

93 बर्षको यो बुढो मान्छेलाई जीवनको कत्रो मोह! उसको रगतमा हेमोग्लोबिनको मात्रा १२ १० हुदै ७ सम्म झरे पछी राति नै २ पैक रगत दिइयो, HB बढ्न थालेको संकेत पाएपछि उसको चाउरे अनुहारमा छाएको मुस्कान, हेर्नलायक हुन्छ, म हेरी रहेछु । त्यो जिजीबिषा रातको उज्यालो मा पनि चम्किरहेको उसको मधुरो बोली र इशारा बाटै प्रष्ट देख्न सकिन्छ ।

केहि समय म साच्चिकै कृष्णपक्षको अँध्यारोमा धकेलिएँ । रातभरको ड्युटी अनि दिनभरको सुताई त्यो भन्दा अरु अँध्यारो संसार अरु कुन बेला अनुभूत हुन सक्ला? ८ घण्टा भंदाका थप एक्स्ट्रा हावरहरु वाध्यतावश डलर संग साटिएका थिए र त्यसपछि बचेको समयले यताउता बरालिने बाहेक लेख्ने पढ्ने मा कहिले स्थान पाएन । पहिले ड्युटीमै यी सब हुन्थे, अहिले यहाँ "काखे निषेधित क्षेत्र" लेखिएको थियो ।


टिभी हेर्ने, रसियन फिलिपिनी वा रोमानिहरु मिलेर गफ चुट्ने बाहेक अरु कुनै उपाय थिएन , बिदाका दिन कुनै न कुनै प्लान पहिले नै तय भै सकेका हुन्थे ।


म यहाँ छु भन्ने थाहा पाएर मारिसेल माथिल्लो तलामा आइ । मारी लोरियाकी साथी । "क्रिश ! तिमीलाई कसैले सुनायो? लोरीलाई त क्यान्सर भएछ नि, अब के गर्ने होला? म तल्लो कक्षमा नपुग्दै उसका साथीहरुले लोरीलाई लम्फोसाइटिक लिम्फोमा अर्थात लिम्फ ग्ल्यांडको क्यान्सर भएको कुरा भने" ।

लोरीलाई क्यान्सर.... ? मैले हाम्री देवीमाया दिदीलाई सम्झिएँ । पोहोर साल उनि यसरी नै बिरामी परिन, डाक्टरहरुले उनलाई पाठेघरको क्यान्सर भएको ठहर मात्र गरेनन अवस्था जटिल भएको र उनी बाच्ने दिनहरु केहि महिना मात्र रहेको तोकेरै भिनिदिए । त्यो यहि तीजको बेला थियो । एउटा सांस्कृतिक कार्यक्रम मार्फत पांच लाखजति जम्मा गरेर एन आर एन तथा अन्य संस्थाहरुले सहयोग गरे ।

कुनै गणना छैन यस्ता कति देवीमायाहरु... लोरियाहरु, पराइको आँगनमा कर्म गर्दा गर्दै मृत्युसंग नजिक भैरहेछन । यसपाली पनि तीज उसैगरी आयो, कृषिमा काम गर्ने दाजुभाईहरुले आफ्नै हातले उत्पादन गरेका अन्न, तरकारी, फलफुल, दुध र घ्युले प्रवासमा रहेका १२०० भन्दा बढी चेली हरुलाई सामुहिक दरभोजको आयोजना गरेर माइतीको परिचय दिए । तेल अभिभको यो विशाल लेविन्सकी पार्कभरि राता र रंगीचंगी पहिरनमा सजिएर दिदीवहिनीहरु नाचे, मादलको घिन्तांग शहरी भरि गुन्जियो, विदेशी पत्रकार तथा टेलिभिजन च्यानल हरुले रमाइलो मानेर समाचार बनाए ।

तीजकै सन्दर्भ पारेर, राता तस्विरहरु टासेर चिटिक्क परेको टासो लेख्ने सोच त्यो दिनभर रह्यो, फेरी कुनै कारणले त्यो पुरा हुन पाएन । अर्को दिन महामहिम राजदूतको निवासमा मन्त्रीज्यूको स्वागतार्थ आयोजित रात्रिभोजमा सरिक भइयो । इजरायल सरकारले भर्खर नेपाली हरुको ४०० पेड भिसाहरु रद्द गरेको थियो , तत्काल रेस्क्यु हुन नसके करिब २० करोड बराबरको हाराहारीमा नेपाल र नेपालीको पैसा फस्ने पक्का छ । चाहे त्यो म्यानपावरको होस् चाहे ऋण काढेर विदेशिन लागेका गरिब बेरोजगार नेपाली दिदीबहिनीको ...त्यो हाम्रो पैसा हो । नेपालीको हो।

शुरुदेखि इजरायलको एउतै शर्त छ- म्यानपावरहरुले मनपरी पैसा उठाए, त्यो प्रथा तुरुन्त अन्त्य गरी यदि न्युनतम लागतमा कामदार आउने अवस्था हुने हो भने इजरायलको रोजगार आजै खुल्नेछ, तर अवस्था त्यस्तो छैन ।

वैदशिक रोजगारमा आउनु र दोश्रो दर्जामा उभिएर श्रम गर्नु नेपालीको रहर नभई वाध्यता हो । विग्रदो अर्थतन्त्र, वेरोजगारी. र असुरक्षाले त्यो सब निम्त्याई रहेको छ ।र सुरक्षित गन्तव्य खोज्दै हामी आफै "को भन्दाको कम" गरी लागत रकम बढाबढ गर्न वाध्य भैरहेका छौं ।


किन नियतिले अझै लेखिरहेछ हाम्रो भाग्यमा पराइभूमिमा यसरी दोश्रो दर्जामा उभिन र कर्म गर्न .. र स्वाभाविक भै रहेछन विदेशिने रहरहरु । लोरिया, उसको देश फिलिपिन्स पनि रेमिटेन्सलाई अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनाएर उभिएको छ ... घर छाड्नु वा विदेशिनु संग त उनलाई कुनै गुनासो थीएन । उसको गुनासो यो छोटो जीवन संग छ, या यो अस्वाभाविक मृत्यु संग ।

सबिना, लोरिया, मालो, नुया, सारा,जोहन, लोर्ना, सुदर्शन मारी...हामीहरु संगै दिजिंगोफमा रहदाका ती रमाइला दिनहरु सम्झन्छु । समुन्द्रको किनार सम्म लम्किएको लामो बगैचा क्याफे, गोरेटा र गल्लिहरु...हामीले संगै हासखेल गरेका, खाएका र डुलेका क्षणहरु फर्केर हेर्छु, कति छिटो बितेछ यो एक बर्ष? बिदाका दिनहरु एक अर्काको अनुपस्थितिमा हामिलाई खल्लो महशुश हुन्थे र अर्को दिनको प्रतीक्षामा रहन्थ्यौं । छुटिनु त हामीले छदै नै थियो एकदिन, तर लोरियासंग यस्तरी बिछोडिनु पर्ला भन्ने कलपना सम्म थिएन । प्रेमी प्रेमिकाको नाम नदिई यदि कसैले त्यो भन्दा बढी माया बाड्न सक्छ भने हाम्रो मित्रताको परिभाषा शायद यस्तै केहि हुन्थ्यो होला ।

जीवन गन्तव्य हैन यात्रा हो , त्यसो भए के यो यात्राको गन्तव्य "मृत्यु" हो त? त्यो महाशुन्य जहाँ सबै भावनाहरु निमिट्यान्न हुन्छन । जसको नजिकै आज उ उभिएकी छ । जीवनको यो कालो अन्तिम बिन्दुका विषयमा ज्यादा बहस नगरिए पनि या जति नै डराएर टाढा रहन खोजे पनि, मृत्यु हाम्रो अस्तित्वको एउटा अकाट्य वास्तविकता हो वा अझ भनुँ मृत्यु हाम्रो अस्तित्वको समाप्ति हो जुन कुनै पनि घडी आउन सक्छ , त्यो घडीका बिषयमा अनभिज्ञ हुनु हाम्रो अज्ञात सुख हो, जसबाट लोरिया बिमुख भएकी छ ।

"किन मलाई नै हुनु परेको? " शुरुमा उसका धेरै आसुहरु बगे ...उसंगको भेटले पनि सान्त्वना भन्दा अझ पिडा दिएजस्तो आभास हुन्थ्यो मलाई । तर यो घातक समाचार पछिको अस्वीकृति, आक्रोश, निराशा र समयसंग्को सम्झौता वा स्वीकारोक्ति सबै चरणहरु लोरियाले पत्याई नसक्नु संग सजिलै पार गरी ।

"जीवन त आजको नाम हो वर्तमान हो, त्यो मसंगै छ , भोलि के थाहा?" लोरिया हामीलाई नै सम्झाउन थालेकी थिई । उ भन्न थालेकी थिई , मसंग अझ धेरै बिहानहरु छन् हास्नलाइ, अझ धेरै साँझहरु छन् रम्नलाइ ... "म जतनले ती दिनहरु खुसि संग जिउन चाहन्छु" ।

पहिलो किमोथेरापी पश्चात उ यहाँ बस्दिन , हिजोका रहर र सपनाहरु सबै सबै भत्किसकेका छन । कामना र प्रार्थना बाहेक हामीसंग अब केहि छैन उसलाई दिन ।

लोरिया तिमीले त स्विकारि सक्योउ त्यो नियतिलाई जसको प्रतिवाद गर्ने कुनै अदालत छैन , तर कति गाह्रो छ त्यो कालो खबरलाइ स्वीकार गर्न म केवल अनुमान मात्र गरिरहेछु ।


यसबेला अरुणा लामाको स्वरमा सजिएको यो गीत
असाध्य सम्झना आइरहेछ --

भेटिनु छुटिनु त के हो र जीवनको रीत हो
नसम्झ तिमी यो मेरो विदाको गीत हो ...

10:40 AM | Posted in , | Read More »

तिम्रो शहरमा अचेल

आज फेरी आएँ लौ, अर्को एउटा जेपिटी टासो लिएर । मूल कविता लेख्दै गरुँला , तर अहिलेलाई यही टाँस्न मन लाग्यो, त्यसैले जेपिटी भन्या... कारण ? कारण छ - कविता सुनाउन कार्यक्रम जाँदा वातावरण देखेपछी ट्वाक्क फुरेको .. ।

हितैसी मित्रहरुका सुन्दर पोस्टहरु आ आफ्ना ब्लगहरुमा चम्किरहेका छन । आफुचाहिं केही हप्ता अलि बढी नै व्यस्त भइयो र यो क्रम अगस्त महिनाभरि चल्ने तीव्र सम्भावना छ । वायरलेसरुपी चोर कनेक्सनले बेला बेला इन्टरनेट चोर्न नसक्नु, ड्युटीमा काखे निषेधित हुनु जस्ता पापी नियमहरु थपिनाले यस्तो भा' हो ।

खैर छाडौं अल्छीका बहाना कति छन कति...भनि साध्य छैन । त्यहि पनि पाठक {;)}वृन्दहरुलाई निराश नहुन अनुरोध गर्दछु :D ।

म बसेको प्रवासमा विभिन्न खाले नेपाली कार्यक्रमहरु भै रहन्छन, सामाजिक, सांस्कृतिक तथा राजनीतिक । विदेशमा रहेका नेपालीहरुमा यसरी सामाजिक चेतनाको विकास हुनु, बिभिन्न संघ संस्था हरुको स्थापना हुनु वा कार्यक्रम गरिनु आफैंमा सकारात्मक हो।

हुन त यस्ता आक्कल झुक्कल गरिने सुस्ते कार्यक्रमका के कुरा? नाचघर (डिस्को) र मदिरालयमा हरेक साँझ हुने मस्ती र धुम अनि चर्काचर्कीले हाम्रो "खास" परिचय गराएकै छ ।

यसपाला ढिलै भए पनि भानुभक्तलाई सम्झने सानु कार्यक्रम राखियो, कार्यक्रमभरि टिकट काटेर हेरिने सांस्कृतिक साँझ र पोइसो तिरेर नाचिने डिस्कोको "भरिभराउ" सम्झना आइह्यो ।

अनि कार्यक्रम मै एउटा कविता कोरियो ।


तिम्रो शहरमा अचेल

निधारभरि पसिना
आगो जस्तै बलेको सुर्य
मध्यदिनको यो प्रचण्ड गर्मी

शान्तिको -एउटा प्यासो वटुवा
एक अन्जुली पानी पिउने
कुवा खोजिरहेछ - तिम्रो देशमा ।
मानौं बालुवा जस्तै उसको छातीमा
युगौंयुगको प्यास अल्झिएको छ।

रम्घा जस्तै कैयौं गाउँहरु थिए
जहाँ रहरलाग्दा सपना बोकेका घांसीहरु हिड्थे
उकाली ओराली गर्ने थकित यात्रुलाई
पाटी र चौतारा बनाउदै ...
कुवा खनाउदै ...


खै त आज ?
किन अतृप्त यतिसारा प्यासहरु?
किन सुकेका जरुवाका मुहानहरु?

भानु के तिमीलाई थाहा छ?
अचेल हसिया भिर्ने घासीहरु घास बेच्दैनन,
यौवनको वल, रगत र पसिना बेच्न मुग्लान पस्छ्न
या बन्दुक भिरेर जंगल ।

ती फर्कदैनन गाउमा
र खनाउदैनन कुवाहरु,
जहाँ चिसो पानीको मूल बोकेका
आँत हरहर हुने घाँसे कुवाहरु
सुकिसकेका छन
खडेरीको खेत धाँजा फाटे झैं ।

शव्दहरु काव्यमा बुनिएर
सुरिलो भाकामा गुन्जने
कुनै साहित्यिक डबली छैन अचेल,
भानु तिमीलाई म कहाँ बोलाउँ?

तिम्रो शहरमा अचेल
रामायण पढ्ने जोकर हुन्छन,
उपेक्षित छ नेपाली भाषा,
घासीको कुवा जस्तै सुकेको,

नत्र किन हुन्थे यति थोरै तिमीलाई सम्झनेहरु,
किन हुन्थ्यो तिम्रो जन्म जयन्ती साँझ
यतिसारो सुनसान ??

यी हेरत,
तिम्रो श्रद्धा मनाउने कार्यक्रम
के कुनै डिस्को जस्तो भरिलो छ त?













4:08 PM | Posted in , | Read More »

गोरेटोमा हिड्दै जाँदा


जुरेथुम र भूलभूलेको आङ माथि हरेक बिहान घाम उदाउथ्यो, उत्तर पट्टि लश्करै लाम लागेका हिमालहरु सुनजस्ता देखिन्थे ,वेसी झर्दै गएपछि छेकिँदै जाने तिनका आकार हामी धेरैबेर हेरिरहन्थ्यौं ।

वादलका हल्का टुक्राहरुले गणेश हिमाल र निलो आकास छेक्दै गर्दा म प्रकृतिको यो विशाल क्यानभासमा महान चित्रकारिता सल्बलाए झैं अनुभव गर्थें

सांघु बिनाको अरुंग खोला उकालो र ओरालो सांघुरो गोरेटो बाटो अनि सल्लेरी पाखा र पालेको बन ।अहिले वाल्यकालका ती धेरै स्मृतिहरु मेरो यौवनका कृत्रिम समयहरु पार गर्दै यहाँ सम्म आइपुग्दा मेंटिदै धमिलिदै गए जस्ता लग्छन ।

गर्मीको मौषम, थोपल खोलाको चिसो पानी । चौथो पिरियड सकिने बित्तिकै टिफिन हुन्थ्यो र हामी हुरीको गतिलाइ माथ गर्दै हानिन्थ्यौं पौडी खेल्न र पांचौं घंटी बज्नु पहिले नै आइपुग्थ्यौं क्लासमा । कहिलेकाही ढिलो भयो भने गाली पनि खाइन्थ्यो र कहिले चाहिँ हामी बसेको ठाऊँमा पछि सम्म चिसो हुन्थ्यो कसैले उठाउला की भन्ने डर भै रहन्थ्यो ।

त्यही बेला देखि मलाई चित्र कोर्न मन पर्थ्यो, कथा कविता पनि लेख्थें, यद्यपि साहित्य चाहिं मेरा दोश्रा प्राथमिकताका विषयहरु थिए, म ललितकलामा अत्यन्त रूचि राख्थें । तर उच्च शिक्षाको क्रममा क्रमश बिज्ञान र समाजशास्त्र पढ़न लागे पछि ती दुवै विषय हरुले कहिल्यै मूर्त आकार लिन पाएनन केवल शौखका रूप मा मात्र रहिरहे । पछि त्यही पनि जीवन भोगाईका घुम्तिहरुमा अल्मालिदा कुन कुन बेला ओझेल पर्दे गए, म आफैले थाहा पाइन । समयाभाव कर्तव्य तथा संघर्षका विभिन्न वहानामा मैले मेरो सृजनत्मक अभीप्साहरु कुंठित गरेर तिनिहरूप्रति अन्याय गरेको कुरा म स्वीकार गर्छु ।

शिक्षक, कंप्यूटर प्रशिक्षक, ग्राफिक कला, रिसर्च पर्सनल, सामाजिक कार्यकर्ता.........। कर्मको हिसाबले मेरो नियति मौसम जस्तै अस्थिर रह्यो । मानूँ म त्यो अस्वीकृत बतास हूँ जो हरदम अनिर्दिष्ट, अस्वाभाविक र अनिश्चित छ ।

म कहिलेकाही सम्झन्छु - लैंगिक विभेद तथा मानव ओसार प्रसार बिरुद्धको अभियान लिएर सामाजिक कार्यकर्ताको रूपमा गाउँगाउँ पैदल हिडेका दिनहरू सम्झदा मेरो संघर्ष वा करिअर किन त्यही मात्र हुन सकेन, भन्ने प्रश्न गर्न मन लाग्छ । हरेक बर्ष मकवानपुर, धादिंग, रसुवा तथा सिन्धुपाल्चोक जस्ता जिल्लाहरुबाट हजारौं चेलीबेटी भारत तिर लगिन्थे, र धेरै घटेपनि यो क्रम अझै छदैछ ।

पछि जनयुद्ध चर्कदै गए पछि त्यस्ता कार्यक्रमहरु आफ से आफ निरुत्साहित हुदै गए........


to be continued.....
कृष्णपक्ष
http://krishnathapa.com

10:54 AM | Posted in | Read More »

दाह्रा किट्छ कोही

तस्वीर - http://picasaweb.google.com/katrinehoyer
उठाउनीमा

कृष्णपक्षको छरछिमेकमा हल्काफुल्का खासखुस चलिरहेकै छ, नया नया जोगी बढी खरानी धस्छ भनेझैं कसैले केही नौलो हल्ला खल्ला गर्ने बित्तिकै चियाउदै साखुल्ले भएर हतार हतार प्रतिक्रिया दिने जागर भने अलि सुस्ताएको होकी भा' छ अहिले चाहि मलाइ ।

टासो नटासेको त धेरै पो भैसकेछ त !
व्यस्त भनु भने त्यति व्यस्त पनि हैन, तैपनि घडीको सुइ भन्दा छिटो छिटो दिनहरु घुमेझैँ लाग्न थालेका छन ।

धाइबाको मंगलम क्याफेमा जे पापी र रामलखनको कुरा चल्दै थियो !
"रामलखन खै तेरो घरको ढोका?"
यो टासो र त्यसभित्रको मर्म पढेपछि मलाइ केहि लेखुँ लेखुँ लाग्यो ।

१ लघुकथा

हो त, ढोकै नभा घरमा जो पनि पस्छ, जे पायो त्यहि गर्छ , चोटा कोठा डुल्छ र घर भाड्ने अनेकौं प्रपन्च/जालझेल रच्छ, र मौका पाउना साथ सप्पै घर भत्काउछ ।

ऐना हेर्छु, अहो कति मिलेको अनुहार रामलखनसंग मेरो? त्यो रामलखन जसको घरको ढोकै छैन, आफु'संग अनुवाद हुदै गएझैं लाग्छ । हतार हतार चोटा उक्लन्छु, लौ~~ छानो पनि छैन, भित्ता भकारी केहि छैन , चारैतिर ह्वाङ्ग ।

दौडदै आगनसम्म पुग्छु ,
डिलैबाट देखियो पल्ला घरे छिमेकी खेतका आलीहरु ताछ्दै थियो ।

मभित्रको रामलखन.... कठै!
एउटा रामलखन थचक्क भुइमा बस्छ,
एउटा रामलखन चिच्याउन खोज्छ " गुहार गुहार "
एउटा रामलखन उध्याउन खोज्छ "भुत्ते खुकुरी" .....।

फेरी देख्छु - डाडु पन्यु बोकेका आफ्नै घरका एक जुलुस भान्सेहरु तिनै छिमेकीसँग साँथगाँठ गर्दै थिए ।

२ गजल

नौटंकी छ मझेरीमा, रातारात "हिट्' छ कोही
आफ्नै खेल हेरी हेरी आफै ताली पिट्छ कोही

भ्वांङ परेका झ्याल ढोका, ह्वाङ्गै देख्छु पाखो भित्ता
बाझै छन खेतबारी, जुवा तास फ़िट्छ कोही

भकारी छ रित्तो रित्तो , चुहिदो छ छानु घरको
"नया नेपाल् बनाउँदैछु" भन्दै झ्याली पिट्छ कोही

रामलखन तिम्रो घरमा, केको गाइजात्रा सधै
"घरको बाघ बनको स्याल" भाइसँग भिड्छ कोही

कोपर्दैछ अलिअलि भत्काउदैछ साँध सिमा
"यता खाँउकि, उता खाँउ" घुम्दै दाह्रा किट्छ कोही

टुङ्ग्याउनीमा

"उत्तरमा हिमालको लश्कर
लहरै मुस्काइरहेका छन चादी जस्ता
र फुलेका छन आगनभारी -जात जातका फूलहरु
दक्षिण तराइ लहलह सुन फल्ने गैरीखेत,

बार -पर्खाल -लिपपोत गरे
सबै मिलि भकारी भरे ,
यो घर रामलखनको
कति सुन्दर हुन्थ्यो होला "

एउटा त्यान्द्र्यांग तुन्द्रुंग
आशाजस्तो त्यान्द्रोमा मन अल्झन्छ
त्यहि त हो जसले मान्छेलाई बचाउदो रैछ
जस्तो रामलखनको सधै नेपाली भएर जिउने जिजिविषालाइ...।
जो मतिर फर्केर सोधिरहेछ

त्यो आशाको त्यान्द्रो र घरको माया
तिमीसंग छ कि छैन ?








12:53 PM | Posted in , | Read More »

ब्लगर

तस्वीर-www.trigger.is

मिठो सपनाले
चटक्कै छाडेको
रित्तो रित्तो विपना जस्तो
या उदास उदास रातजस्तो
एउटा विरही मन
घोरिएर अक्षरपाटिमा*
तर लेख्न खोजिरहेछ
केही घामका कथाहरु ।

समयका दुर्गम वगरहरुमा
छाप्दै पाइलाका डोबहरु कतै
वा छाडदै यात्राका अनुभूतिहरु,
कम्प्युटरको भित्तै भित्ता ....
घाम डुबेपछिको साँझ जस्तो
एउटा यात्री मन
तर अनवरत हिडिरहेछ
कहिले नटुंगिने बाटैबाटो ।

कसैले नदेखे जस्तो
वा देखेर नपढे जस्तो
वा पढेर नबुझे जस्तो
शिशाकलमले कालोपाटीमा धमिलो धमिलो
उ केर्दैछ अस्पष्ट केही -समाजको गीत भन्दै
अगम्य गामको अनौठो लोक भाका जस्तो
तर उसलाई लाग्छ -उसका गीतहरु
सबैले गाउनेछन -पालै पालो
र सुनिनेछ्न सुदुर गाउँ सम्म
इन्टरनेटको जालै जालो .....

भोगाईका आँसु र हासोहरु
पिडा र खुसिहरु
र घुम्तीका रमाइला बयानहरु ...
उ पोखिने कुनै सिमा छैन,
उ लेखिने कुनै बिषय छैन ।

वेशिर्षकका उसका अमुर्त कला बुझ्न
तिमी उसंगै दुख्नु पर्छ -कुचीहरुको घातै घात
र उप्काउनु पर्छ पुराना पुराना पत्रहरु
अदृश्य ढुंगाका काप कापमा जो चेपिएका छन
क्यानभासहरुको खातै खात ।

नियतिमा ड्याम्मै "कालो" लेखिएको
फुटेको अभागी निधार बोकेर
बेथिति हाँसी रहेको - समाज र सभ्यताको चित्र
सबै भन्दा धेरै पटक कोरेको छ उसले
अनकन्टार जंगलका पातहरुमा ..

गहिरो गहिरो
इनार भित्र कराउनु
वा पर पर सम्म सुनिनु ती आवाजहरु
तर के अर्थ अवोध्य गुन्जनहरुको?
वा चौबाटोमै चर्को स्वरमा बर्बराउनु
र कसैले नसुने झैं हुनु उसका पाँडे गालीहरु ...

यद्यपि
आक्रोशले च्याँठ्ठिएझैं
एउटा सद्दे पागलमन
शव्दहरुको ढोल पिट्दै,
विरोध र खबरदारी लगाउदै हिड्छ
अराजक समय विरुद्ध
मान्छेहरुको जंगलै जंगल ....

ए को हो त्यो ?
काखे* अगाडी झुली रहेको
आफ्नै धुनमा मस्त मस्त ....।




शाव्दार्थ:
अक्षरपाटी -किबोर्ड
काखे -ल्यापटप

;)

11:21 AM | Posted in | Read More »

अभासी परीचय र डिजिटल संसार



एल्टोन टावरको बाहिरी परिसरमा हो उनीहरुले पहिलो पटक भेटेका । पहिलो भेटमै रुबीले आफु चंचल भएको प्रमाण दिई - रमाइला गफ गरेर .. . गफ गर्न र घाम ताप्न बाहिर भेला भएका थुप्रै साथीहरु, कोही टिक ट्याक टो खेल्नमा कोहि कुरा गर्नमा र कोहि रमिता हेर्नमा मस्त थिए । मानौं त्यहानेर भर्खर एउटा मेला लागेको छ । छेउमा अर्को हटडग बेच्दै थियो धमाधम, "पशुपतिको जात्रा सिद्राको व्यापार"...सम्झिएँ ।


म त सधैँ आउछु खुब रमाइलो लाग्छ तिमी कतिको आउछौ? 'तिमी' अर्थात प्रभात ढुंगाना, यो मेलाको नया आगन्तुक ठिटो लाइ सम्बोधन गर्दै उसले भनी । प्रभात भन्दै थियो - मैले त आज मात्र अपार्ट लिएको यहाँ, कसैलाई चिनेको छैन उ नयाँ थियो उसका साथीहरु थिएनन ।


कस्तो छ त अपार्ट? के के किन्यौ?

उसले नारीसुलभ उत्सुकता देखाई र उसको घर सजाउन मद्दत पनि गर्ने भई । मलाइ त सलोन भन्दा पनि भान्सा नै ज्यादा आकर्षक बनाउन मन पर्छ । कुरै कुरामा उसले थपी, त्यसो त योभिलमा मैले धेरै मानिस देखेको छु, जो नाइट क्लब, क्यासिनो जाने, खाने, खेल्ने र फेशनमा पैसा उडाउने बाहेक केही गर्न जान्दैनन, अनि घर चाहि जस्ताको तस्तै ......म चाहिँ घर सजावटमा विशेष महत्व दिन्छु। यसो कहिले काही चिया पिउन पस्दा होस् वा बेलाबेला गेट टुगेदर गर्दा होस् घरको वास्तुकलाले छुट्टै प्रभाव पार्छ नि हैन र?

एकै पटक धेरै नै कुरा गरी उसले ।

शायद होला, यो मामिलामा केटीहरु अलि अगाडी नै हुन्छन ।


उसले गुन्द्री, रातो माटो, कमेरो अनि भकारी, धन्सार र बार्दली सम्झियो,
त्यो घर जहाँबाट हिमाल छर्लंग देखिन्थे ।

फ्लोरल कार्पेट बिच्छ्याईएको उसको सलोन, ३ वटा ठूला सोफाहरु, आमने सामने राखिएका थिए । मध्यभागको टेबुलमा राता पहेँला फूलका थुंगाहरु । भित्तामा ठूलो स्क्रिन भएको प्लाज्मा टिभी टाँगिएको थियो । सोफाको ठिक अघिल्तिर फायरप्लेस ...,वाँया पट्टि कुनामा पारदर्शी पार्टिशन गरेर टेबल कुर्सि, पुस्तकहरुको दराज र कम्प्युटर चिटिक्क पारेर सजाइएका थिए । बेडरुम र किचेन झनै राम्रो थियो ।

कति भयो यहाँ आएको ? अहा! साह्रै आकर्षक रहेछ तिम्रो घर ,तिमी त वास्तुकलामा निक्कै निपुण रहिछौ । अरुलाई फ़ुर्क्याउन त प्रभातले पनि जानेकै हो ।

अँ म त धेरै नै भयो . शुरुशुरुमा यो लुगा र समान किन्ने कुरामा एडिक्ट जस्तै भएको थिएँ । अहिले चाहि पैसा त्यति खर्च गर्दिन, नजिकै एउटा प्याड हेरेकी छु, २५००० डलर रे, त्यसकै लागि पैसा जम्मा गर्दैछु ।

रोज, दिक्षा, जिया, ड्युस, एमी, किम, लाउ, लेन, मोटी, चिरन,राखी, आसाफ, शेर्लिन., बेन ,इभा, उदेश,ग्याबी,सुबास, द भी, र म । विस्तारै प्रभात धेरै साथीहरु संग जोडियो, जति सुकै हतारोलाइ थन्क्याएर पनि साँझ ९ बजे पछि भेला हुने रुटिन नै बनायौ हामीले - कहिले विन्निको डिनर, कहिले डिस्को, कहिले क्यसिनो अगाडी ।

घुम्न कहिलेकाही समुद्रको किनार पनि गईन्थ्यो । साँझको बेला छालहरु नजिकै बसेर साथीहरु संग वेफ्वांकका गफ, भलाकुसारी गर्नु, जिस्किनु, वा लहर संगै बगेर पौडी खेल्नु । अत्यन्त रमाइलो लाग्न थाल्यो, अनुपम अनौठो र आनन्द ।

प्रभातले हामीलाई धेरै पटक उसको अपार्ट लिएर गयो, बाहिर डुल्ने मुड नहुदा, हामी प्राय रुबीकोमा पनि आसन जमाउथ्यौं । शायद यो क्रम ज्यादा भएकैले हुनु पर्छ बिचमा प्रभातले आफ्नो अपार्ट पनि चिटिक्कै पारेको थियो । दिन दिनै नया नया सामानहरु थपिन्थे, उसलाई मखमली रंग खुब मन पर्दो रहेछ । अरुको भन्दा विशेष उसले एउटा अग्लो मान्छेको मुर्ति र पुराना ३ थान बन्दुक ढोकाको छेउ मै राखेको थियो । धेरैलाइ यो अनौठो लाग्यो ।आ आफ्नो शोख त हो, मलाइ भने राम्रै लाग्यो ।

त्यसो त पश्चिमाहरु रातो रंग पनि कहाँ यसरी मन पराउछन र? हाम्रो भने संस्कृति जोडिएको छ यसमा - रातो माटो, सिम्रिक, अक्षता, लाली गुराँस वा सौभाग्यको रंग । उनीहरु चाही खालि खतराकै चिन्हको रुपमा हेर्दा हुन् ।

पछिल्लो पटक प्रभातले एउटा बुलडग किनेर ल्यायो, शुरुमा उ "खैरे" भनेर बोलाउथ्यो । खैरे खुब मायालु थियो , पछि पछि जादा भने "खैरे" त "स्पाइक" भएछ। रुबीले नै होला चेन्ज गरी दिएकी ।


एकदिन उनीहरु दिनभर "बीच" (समुद्रको किनार) मा हराए,। पौडी खेल्न हैन, बल्छी थाप्न गएका भन्थे। त्यसपछि काममा संगै जाने फर्कने , शपिंग वा खान खान पनि संग संगै हुन थाले ।

अब उनीहरुकै साथी (हामीहरु) बीच जिमघर, चौर , बगर वा क्याफेहरुमा उनीहरुको बेस्मारी कुरा काटिन थालेपछि, नानाथरी गफको बब्बाल धुवा उड्न थाले पछि र उनीहरु पनि यसरी हराउन थालेपछि, के शंका गर्ने ठाँउ हुदैन र?

(त्यसैले त यो कथा लेख्ने जाँगर चलेको...... खैर, कथा चाहि अधुरो छ है ।)


काम बाट फर्कने बित्तिकै प्रभात अनौठो कुतुहलता, रोमान्चकता, वा नया उत्साह को संचार भरिएझैं महशुश गर्न थाल्यो । दिनदिनै नया योजना र कार्यक्रम लिएर उ आफै उपस्थित हुन्थ्यो र साथीहरु संग शेयर गर्थ्यो तर एक्लै हुदा भने उ कसैको सम्झनामा हराए झैं वा कसैको प्रतीक्षा मा कुरेझें हुन थालेको थियो । के उ रुबीलाई मन त पराउन थालेन? वा यो सप्पै फुर्ति, किनमेल, सजावट विशेष अरु कसैको लागि पो हो कि भन्ने भान हुन थालेको थियो ।

फुर्सद हुने बित्तिकै उ प्राय कसकोमा चियाउन जान्थ्यो?
.... हैन हैन, रुबीकोमा अलि धेरैं नै जान्थ्यो होला, तर अरुको मा पनि त बराबार गइ रहन्थ्यो नि ।


रुबीको र उसको प्रेमकथा लेख्न बसेको यो ब्लगरलाइ यसबेला उस्ले पुरा का पुरा निराश बनायो । उसले भन्यो - अँहँ, प्रेम -स्रेम उ कसैलाई गर्दैन रे, यदि मनकै कुरा गर्ने हो भने हामी सबैसंग उत्तिकै बाडीएको छ रे उसको मन । "हामी" अर्थात उसका साथीहरु ।

योभिलमा कति रुबीहरु छन कति प्रभातहरु छन, तिनको के गणना ? पल पलमा कति नज्जिक भए जस्ता हुन्छन कति टाढिए झैं, कति नयाँ हरु थपिन्छन, कति पुराना घट्दै जान्छन, यद्यपि योभिलमा पस्नेहरु भने कहिले काही कतै हराए जस्तो महशुश गर्छन , मान्छे हराउनु मन हराउनु रहेछ ।

त्यसपछि कति साथीहरु फेसबुकमा पनि जोडियौं, कति पहिल्यै थिए, यो भ्रम जालोले स्वैरकल्पनालाइ अर्को उचाई थप्दो रहेछ, कम्प्युटर खोले पछि बेग्लै संसारमा हराइने, बादल माथि माथि । भ्रम भन्ने थाहा पाएर पनि धेरै कुरा हरु कति प्यारा हुदा रहेछन ती वास्तविक झैं आभास हुन थाले, नामै नसुनेका कैयौं मान्छेहरु परिचित र नजिकका जस्ता लाग्न थाले। यस्ता धेरै परीचय र सम्बन्धले हाम्रो कल्पनालाइ अनौठो आकार दिदा रहेछन ।

संचार र प्रविधिको यो पछिल्लो उपलब्धिले हामीलाइ आजकाल अभासी (भर्च्युअल) संसारमा रमाउन सिकाएको छ । त्यो अदृश्य संजाल मा हामी एक अर्का संग जोडिदै जान्छौं । सागरमा छालहरु तरंगित भए जस्तै मनका तरंग हरु सजिलै प्रसारण हुने यस्ता माध्यम हरु नेटवर्किंग चौतारीहरु आधुनिक जीवन शैलीको अभिन्न पाटो बनेका छन । यसको स्वरूप रोधी मेला वा चौतारीको जस्तै छ । जहाँ एउटा मित्रमण्डली (ग्यांग) तयार हुन्छ। प्रयोगकर्ताको भावना बोकेर हिडेका प्रत्येक प्रोफाइल कम्प्युटरको कुना देश विदेश चहार्छ र फेरी उसमै फर्कन्छ ।

यस्ता चौतारीमा छपक्कै सुचना पाटीहरु हुन्छन कोही आफ्नो नोट राख्छन, कथा कविता वा तस्विरहरु टास्छ्न कोही समाचार वा चल्दृश्यका सेतुहरु पनि जोडछन ।


हेर्न जानेले राम्रो नराम्रो वा आफ्नो धारणा राखेर केहि लेखिदिन्छ, उ मख्ख पर्छ अनि कोही चाहि दम्भी पनि हुन्छन, उनीहरु चाहि खुब रिसाउछ्न, नराम्रो कसैले केहि लेख्यो भने, मानु त्यो चौतारी उनीहरुकै पेवा हो ।

यी घटना हरु कतै छापिएरै बस्छन . तिनका टाउकामा लेखिएको हुन्छ , फलानो ले यी यसो भन्यो यति साल यति गते .... तिलानोले यस्ती टिप्पी हान्यो ।

अँ त तपाइँ कथा सुन्दै हुनुहुन्थ्यो परीक्षाको कारण रुबीले योभिल खेल्न चटक्कै छाडेपछि ...उफ कथा अनपेक्षित रुपमा यतिकै सकियो, प्रभात पनि उत्ति आउदैन ।

अब त थाहा पाई सक्नु भयो ।म योभिल नामक खेलको पो कुरा गर्दै छु । जसलाई फेसबुक वा माइस्पेसका प्रयोगकर्ताहरुले खेल्न सक्छन । जहाँ तपाइँ तपाइकै रुप रंगको अवतारमा प्रतिस्थापित हुन सक्नु हुनेछ र त्यो अवतार तपाइको मन बोकेर योभिल शहर शहर घुम्न थाल्छ , मन परेको लुगा किन्छ, घर किन्छ, बस्छ उठ्छ पौडी खेल्न जान्छ, हल्ली हल्ली च्याट गर्छ त्यो पनि साथिकै घरमा गएर -सोफामा बस्दै चिया पिउदै । अनि तपाईलाई लाग्छ त्यो तपाइँ नै हो ।



अनलाइन साथि नहुदा र एडेड नहुदा वा शुरुमा अलमल पर्न सक्नु हुन्छ तर साथिहरु बनेपछि भने तपाइँ त्यो संसार बाट फर्कन चाहनु हुन्न फुर्सद, अनलाइन साथी र कनेक्सन स्पिड सबैले साथ दिनु पर्छ है यो खेल्नलाइ ल खेल्ने भए जानुस ।


http://www.yoville.com/

मुढो शरीर हुनु मात्र कहाँ रहेछ र मान्छेको अस्तित्व ? उसभित्र को मन त्यसको फैलावट, त्यसको यात्रा र त्यसकै सेरो फेरो मा हाम्रो जीवन घुम्दो रहेछ त्यसैले यस्ता भ्रमरुपी संसार को मोह बढ्दै गएको !

तपाइँ पनि यो ब्लगरलाइ यस्तै परिचयले त पढ्दै हुनु हुन्छ नि हैन र?
जादा जादै अलि अगाडीको मेरो फेसबुकको एउटा स्टाटस र कमेन्ट राख्न चाहन्छु , जसले यो टाँसो र कथा लेख्न प्रेरित गर्यो ।

अचम्म लाग्यो आफैलाई! अरुले प्रतिक्रया दिदा वा बूढी औला थिच्दा, किन
रमाइलो, खुसीको वा केही मिठो अनुभव भएको ?के आफ्नो मन अरुको भरमा चल्छ? के आफ्नै भावनाको गहिराईमा पनि अरुको बिचारले फरक पार्छ? त्यों पनि धेरैजसा कहिले नदेखेकाहरु, मन कस्तो चीज हो ?


साथ, भर र आत्मीयता यसैलाई त भन्छन् नि ! हामी एउटा ज्यान त आफैँमा ठोस मूढा मात्रै हौँ, यो ठोस ज्यानमा रक्तसञ्चार त हुन् अन्य परिवेश र पात्रहरू ।



रक्त संचार विनाको स्थुल शरीरमात्र त हुँदो त जीवन कति शुन्य र निरस हुन्थ्यो होला हगि?


1:54 PM | Posted in , | Read More »

मान्छेको नाउँमा ......।

एउटा गज़ल लेख्दैछु मान्छेको नाउँमा ......।



"लामो समय विस्थापित जीवन बिताएर उनी गाउ फिरे ,
१२ बजे राति उनलाई घरबाट अपहरण गरियो ,
उनको शव घरनजिकैको जंगलमा कुटी कुटी मारेको अवस्थामा भेटियो..."

मान्छेको मन कति संवेदनाहीन हुदै गैरहेको छ?

पछिल्लो पटक २ वटा घटना घट्यो, प्रधानमन्त्रीले एक्लै जबर्जस्ति सैन्यप्रमुख हटाए, उता अनौठो शक्ति धारण गरेर राष्ट्रपतिले फर्काए।
शान्ति प्रतिको आफ्नो प्रतिबद्धताबाट कदापि विचलित नहुने बताउदै प्रधानमन्त्रीले राजिनामा दिए लगत्तै उनका कार्यकर्ताहरुले राष्ट्रपतिको कदमको समर्थन गर्नेलाई कालो मोसो लगाई जिल्ला जिल्लाबाट निकाल्ने वक्तव्य निकाले । सुरक्षाकै लागि मुख थुनेर बस्नु पर्ने यो कस्तो आतंक? कस्तो लोकतन्त्र ?

तराइको कुरै नगरुँ, शान्ति प्रक्रिया स्थापित भै सकेपछी पनि निरन्तर हिँसा रोकिएन यो क्षेत्रमा । मधेसी समुदायमा धेरैको ज्यान अनाहकमा गएको छ । पहिले जनयुद्धमा लागेर छाडेकाहरु वा त्यसको मारमा परेर बदलाले अभिप्रेरित भएकाहरु त्यसकै सिको गरेर विभिन्न खाले शशस्त्र समुह गठन गरेर छोटो बाटोको राजनीती गर्न अग्रसर भए, अनि जन्मियो छपक्कै बन्दुक बोक्ने राजनितिक समुहहरु । जीउधनको नाश वा व्यक्तिहत्या, जसका हिड्ने बाटाहरु हुन , तरिकाहरु हुन , प्रकृति फरक देखिदै छ , तर मान्छेको जिउ दाउमा पर्न छोडेको छैन । राजनीतिक रुपमा आफ्नो प्रभाव बलियो देखाउनकै लागि विभिन्न बहानामा जघन्य हत्याहरु भएका छन । जनयुद्ध कालदेखि नै शुरु भएको वदला र प्रतिशोधको भावनाले क्षति पुर्याउने वा हत्या गर्ने परम्परा बस्दैछ -राजनीतिको आडमा । मान्छेको जिउ सतरंजको प्युसा जति पनि ठानिदैन, कति सस्तो मान्छेको जीवन हँ?

किन बनायो मान्छेले राजनीति र शासन व्यवस्था ? आफु र आफ्नो घर छिमेक सुरक्षित हुन , न्यायपूर्ण समाज स्थापित गर्न हैन र? तर त्यो बहानामा मान्छे अझ असुरक्षित हुदै गैरहेको छ।

हो मान्छे संग सबै प्रकारका गुण दोष र स्वभाव हरु हुन्छन् । केही जाती केही नजाती, केही माया, केही घृणा, केही लोभ केही दानशीलता, केही रिस केही डर, जस्तो अरु सबै प्राणीमा हुन्छ। अभाव,आवश्यकता र परिस्थिति अनुरूप तिनको मात्रा धेरथोर भएको हुन सक्छ । कतिपय ज्यानै जाने सजाय दिईएका शिक्षक सेना, पुलिस, कृषक, व्यापारी, वेरोजगार, वा विद्यार्थी सबैलाई विभिन्न कारणको दोषी देखाइए पनि ती हाम्रो समाजका आम निरीह प्राणी मात्र हुन र उनिहरुको कथित अपराध वा भूल केवल समाज समय र परिस्थितिसंगको सापेक्षिकता मात्र हो । त्यसका लागी निम्त्याइएको प्राणहरण भन्दा ठुलो आतंक र बर्बरता अरु के हुन सक्छ? मानव "हत्या", दोषिले गरेको भनिएको अपराधको तुलनामा सैयौं गुना ठुलो अक्ष्यम्य अपराध हो, आफुलाई न्यायपूर्ण समाज बनाउछु भन्दै रगत पिउन पल्केका हत्याराहरुले त्यो बुझुन ।

 तस्वीर www.stormfront.org
न्याय र जनमुक्ति भन्दै आफ्नै भाईहरुको ज्यान ताक्न पल्किएकाहरु सग्लो मान्छेलाई घर बाटै थुतेर लान्छन र अनुसंधान भन्दै शिविर भित्रै कुटी कुटी मार्छन । त्यति भएर पनि दण्डकारी आफ्नो गल्तिलाई स्विकार्नुको सट्टा आफुमाथि गम्भीर षडयंत्र भएको भन्दै विपक्षीलाइ आरोप लगाउने वा नया नेपाल निर्माणको लागी केही छिटपुट दुर्घटना सहनु पर्ने जस्ता दम्भी अभिव्यक्ति दिदै हिडछन । मान्छेको रगत सँग खेल्नुमा अलिकती पनि संवेदना नभएको राजनीति किन हावी हुदैछ बुद्धको देशमा?

सभ्य मानव समाजले स्वीकार्ने त कुरै छाडौं मानसिक सन्तुलन गुमेका, विक्षिप्त भएकाहरुको मस्तिष्कले पनि सोच्न नसक्ने सुन्दै आंग जिरिंग हुने दण्ड सजायको आविष्कार गरेका छन हाम्रा न्यामूर्तिहरुले ।

के राजनीतिको रुप नरभक्षीको जस्तो हुनु पर्छ ?

छातीभित्र काँडा रोपिएजस्तै पिडादायी कथाहरु लुकाएर हामी नया नेपालका धुमिल छाया सजाई रहेका छौं । राजनीतिकर्मीहरु त्यही सपनाको दुहाइ दिएर हाम्रै जिउ ज्यान प्रयोग गरि रहेछन । विकास परिवर्तन वा सुधारको स्वाभाविक लालसा लिएका आम नागरिक यो अजिव वस्तीमा किन यसरि राजनीतिक षड्यन्त्रको शिकार भै रहेछन ?

अहिले साँच्चै लाग्न थालेको छ, आफ्नो विवेक र चेतनाले पृथक प्रस्तुत हुनेहरु, असहमति जनाउनेहरुको बाच्ने अधिकार खोसिएको छ । हिटलरको दम्भरुपी नया राजनीतिक आयतन भित्र किन झन खुम्चिदैछ्न स्वतन्त्र बिचार र आवाजहरु? किन झन कष्टप्रद बन्दैछन आम सर्वसाधारण नागरिकका दिनचर्याहरु र अप्राप्य हुदैछन मजदुरका सामलहरु ?

संघियताको नाउँमा मधेस फाँटका फूलहरु छुट्टिन खोज्दैछन हिमाल र पहाडहरुसंग र रगतको राजनीति हावी हुदैछ त्यो प्रदेशमा ।
अहिले हामी सबैले बुझिसक्यौं हाम्रो संवेदना र आकांक्षाका सिढीहरु चढ्ने आखिर त्यहि जंगबहादुर रहेछ, जो रगत लत्पतिएका हातहरु पखाल्छ र भन्छ हामीले बुद्धको देशबाट नयाँ संदेश दियौं।


कति निरीह बनेर सपनाहरुमा पुरिदै सत्ताको कित्ताफाँट गर्नेहरुको नाउँमा सहिद हुनु ? के अब यसको हिसाब राख्ने बेला भएन ? के अब आफ्नो स्वाभिमान खोज्ने बेला भएन? अब बलियो नीति नियम र मापदण्ड कोर्नै पर्छ समयले, - जिउज्यानसंग खेल्नेहरु बिरुद्ध . -आम जिन्दगी हराएको पत्तै नहुने आदिम बर्बर र रहस्यमयी समाज बिरुद्ध । र चिन्नु पर्छ हामीले शाकाहारीको ढोंग गर्ने नौटंकी ब्वासा र हुँडारहरुको अवतार । विचार र मत, अभिव्यक्ति र स्वतन्त्रताको महत्व सर्वोच्च र बलियो रहने न्यायपूर्ण समाजको अब हामीले रचना गर्नु पर्छ । दण्डहिनता र हिंसा बिरुद्ध विरोध लेख्ने समयरेखा अब हामीले कोर्नु पर्छ र हैसियत राख्नु पर्छ हिंश्रक राजनीति संग प्रश्न सोध्ने "तलाई थाहा छ जीवनको मूल्य कति हो?"



तस्वीर www.sagarshrestha.com.np

आँखा चिम्ली मुख थुन्न विवस हुन्छ मान्छे
विष्फोटनको जमिन झैं निरस हुन्छ मान्छे

थाहै हुन्न के को नाउमा, कतिखेर शहिद हुन्छ?
रुवावासी चल्छ तहस नहस हुन्छ मान्छे

हरेक पल असुरक्षित यतापनि उतापनि
संघारमै पोखिएको कलश हुन्छ मान्छे

हार्नेहरु पहिरिन्छ्न विजेताको ताज यहाँ
ढेडुको राज हो यो, "औजस" हुन्छ मान्छे

हिडदाहिडदै ढल्छ मान्छे, आँगन बाटै हराउछ
बजारको भिडमा सस्तो बहस हुन्छ मान्छे ।।




सन्दर्भ :
बसन्त ब्लग्स
गफगाफ











10:32 PM | Posted in , | Read More »

सिमास्तम्भ

फेसबुकमा बाडनुस







image-from the memory of holocaust



मध्यपूर्वको यो समृद्ध इजरायल

उत्तरको सुंदर पहाडी वस्ति हाइफा

जहाँ भू-मध्यसागरको किनार नजिक उभिएर

म लेबनान माथिको बादल नियाल्छु

जो भर्खर चांदी र सुनौलो हुदै

सिंदूरी रंगमा परिवर्तन भै रहेछ ।



बादलको रंग बद्लिनु

यो शुभ संकेत हो,

स साना बंदरगाह साथै जहाजका तांती लिएर

शान्तिको निलो रंगमा तरंगित यी छालहरू

समयका बगारहरूमा स्पर्श गर्दै -यही भन्छन ।



ध्वस्त भएका खंडहर संरचना जस्तै

हजारौं क्षेप्यास्त्रका प्रहारले भत्किएको मन बोकेर

लेबनान मौन छ,

जसरी यसको छातीमा खातका खात घातहरु

लुकाएर सगर मौन बसेको हुन्छ ।



यो राजकीय संध्या

जून जस्तै जुनको महिना

यहाँ धेरै राता गुलाफ़हरु फ़ुल्छन ।

यही सांझ कोबाक्लो घुमटाे उघार्दै

म देख्छु जून यहाँ पनि उदाउछ, मेरो देशमा जस्तै

यसका किरणहरु जब धरतीका छातीहरुमा छरिन्छन,

सायद त्यो शीतल स्पर्श

एउटा इजरायलीले उस्तै महशुश गर्छ,

जसरी कुनै प्यालेस्तिनीले गर्छ,

जसरी कुनै सिरियाली इजिप्सियन वा

मैले महशुश गरिरहेछु ।



तर यो जून, यो अकास, यो धरती र निश्छल सागरहरू

अनि प्रकृतिको यो शास्वत समानतालाई

हाम्रो मानव सभ्यताले कुन्नी कतिखेर भत्काइ सकेछ

हामीले थाहै पाएनौं,

यो साझा धरतीका हरिया जंगल ढुंगा र माटोमाथि

कुन्नी कतिखेर,

युद्धका पदचिन्हहरु छापिदै गएछन,

हामीले थाहै पाएनौं ।





यहूदीहरुको यो पवित्र भूमि

जहाँ धर्म र आध्यामिक चेतना को उदय भयो,

इतिहासका बिबिध कालखंड देखि आजपर्यंत

फेरी पनि शक्ति, शासन, र संघर्षकै कथाहरु

र युद्धका श्रंखला हरु यसका पर्याय बनिरहे

मानिसका पापहरुका निमित्त

क्रुशमा टांन्गिएर जीससले प्राणको आहुति दिएझै

आजको धर्म र राजनितिले

सधै सधै मान्छेको रगत मागीरह्यो मागीरह्यो ।



हामीले किन यो सत्यलाई बिर्सियौं?

पैगम्बर,जीसस,बुद्ध वा मोशेहरुले त कहिलै

हत्या, हिंसा र युद्ध लाई प्रेम गरेनन,

यो बिरोधाभास,

के मानवीय चेतनाको गंभीर उपहास होइन?



गाजा र पश्चिमी किनारमा

फेरी हिंसा भड़किएको छ,

फेरी बारुद्का धुवा हरु उडेका छन,

संग संगै जहाँ लाखौं शरणार्थीका शिविरहरु भत्किरहेछन,

हिज़बोल्ला, हमास र कट्टर इस्लामी समूहहरु अनि समस्त आतंकवाद

मध्यपूर्विय शान्ति का स्थायी अवरोध मात्र होइनन,

हाम्रो सभ्यताले, हाम्रो राजनितिले र हाम्रै युगले जन्माएका

घाऊहरु हुन,पीडाहरु हुन्,

यस्ता दुःखदायी अनगिन्ती खाटाहरु, डोबहरु

इतिहास भरी भरी छापिएका छन,पुरिएका छन,फेरी छापिएका छन ।



आफ्नो देशको ??? क्षितिजतिर टोलाउदै

पश्चिमी किनारमा उभिएर

यौटा बृद्ध प्यालेस्तिनी शरणार्थी

मलामिको लामो लश्कर जस्तै

१९४८ का टी दिनहरू सम्झंछ,

जोर्डन, सीरिया, लेबनान र इराकतिर भागेका

लाखौंलाख दौतरीहरु झै

उसको पनि घर फर्कने सपना

डुब्दै गरेको जहाजजस्तै, आफै भित्र मरिसकेको छ ।



विस्थापन,पराधीनता र आभावका

बग्रेलती अनुत्तरित प्रश्न माथि

सायद जीवन भोगाइको यो अन्तिम प्रश्न

उ आफै संग सोधिरहेछ ,



“धरती किन यसरी काडाका पर्खालहरु जस्तै

देशका सिमानाहरुमा विभाजित छ?”

उ प्रत्येक सिमास्तम्भहरुमा योद्धाका चिहानहरु देख्छ ।

उ प्रत्येक सिमास्तम्भहरुमा रगतका छापहरु देख्छ ।।









Israeli Defence Force(IDF) aiming the target.

इजरायल

भू मध्य सागरको पूर्वी किनारमा बारम्बार प्यालेस्टाइन र इजरायल भनिएको यो देशको लामो इतिहासमा ज जसको आधिपत्य रहे पनि जे जति सिमानाहरु कोरिए पनि आज इजरायल मध्यपूर्वको एउटा शक्तिकेंद्रको रुपमा स्थापित भैसकेको छ वास्तविकता यही हो, भलै अरबीहरु यो तथ्यलाइ स्विकार्न तैयार नहोउन ।

पूर्वजको थलो नछाडेका वा छाडेर पनि जेरुसलमको यो पवित्र माटोलाई ह्रदयमा राखेर श्रद्धा गर्ने संसारभरिका ती दृढ यहूदीहरुले एतिहासिक पुस्तकका कथाहरुबाट थपक्क झिकेझैँ जोर्डन नदीदेखि भूमध्यसागर सम्म (दक्षिणमा मिश्र, उत्तरमा लेबनान र पूर्वमा जोर्डन देशहरुले घेरिएको) यो भुमिलाई पुन आफ्नो गृह राष्ट्र बनाउन सफल भएका छन । धेरै पटक इतिहासमा रोमनहरुबाट खेदिएका र अरेबियनहरुबाट बारम्बार धपाइएका ती लाखों यहूदीहरुको हरेक दिनको प्रार्थना, दृढ संकल्प र एकता को परिणाम हो यो - इजरायल । सन १९४८ देखिमात्र पूर्ण अस्तित्वमा आएको कथा जस्तै लाग्ने यो आधुनिक इजरायलको स्थापना संगै यहूदीहरुले हजारों बर्ष अघिको आफ्नो पुर्ख्यौली घर फिर्ता त पाए, तर यो विजयले बर्षोंदेखि यहाँ आवादित भएका लाखों प्यालेस्तिनीहरु बिनाकारण शरणार्थी बन्न पुगे ।



गाजा पशिचिमी किनार र छिमेकी देशहरुमा अस्थाई शिविरहरु स्थापना गरिए र एकाएक रोग भोक गरीबी र असुरक्षा पनि जन्मियो । धेरै अरब राष्ट्रहरु इजरायलको अस्तित्वलाइ आजसम्म पनि स्विकार्न तैयार छैनन । यही अस्वीकारोक्ति मध्यपुर्वीय अशान्तिको प्रमुख कारण बनेको छ ।एकताका डेबिड बेन गुरियन (जसले त्यसबेला यो प्यालेस्ताइन अरबमा यिशुभ नामक सामुदायिक संगठन को नेतृत्वा गरेका थिए) उनैले यो विवादास्पद भूमिका विषयमा भनेका थिए -"यद्यपि प्रश्नको समाधान कसैले नदेखेको होस हामी एउटा स्वतन्त्र राष्ट्रको रूपमा यसलाई आफ्नो बनाउन चाहन्छौं र त्यस्तै अरवीहरु पनि चाहन्छ्न ' यो अनिश्चिततालाइ पंछाउदै उनी पछि स्वतंत्र इजरायलको प्रथम प्रधानमंत्री भए ।विस्थापन र असंतुष्टिका ज्वारभाटा उठेपछि प्यालेस्तिनीहरु बाट आफ्नो सार्वभौमिकता, पहिचान र पुनस्थापनाको खोजीमा अनगिन्ती आत्मघाती आक्रमणहरु भए । १९५६,१९६७,१९७३, र १९८२ का बर्षहरुमा इजरायलले ठुलो संघर्षको सामना गर्नु पर्यो । पछिल्ला बर्षहरु र आज सम्म पनि यसको अस्तित्वको निमित्त कम्ती संकटपूर्ण रहेनन । तथापि हरेक संघर्षमा इजरायलले अत्यन्त बलियो प्रत्याक्रमण गरिरह्यो । यसैबिच अनेकों आतंकवादी र अतिवादी संगठनहरु पनि जन्मिए अनि हरेकले यौटै इतिहासलाइ आफ्नो पक्षमा व्याख्या गरेर द्वंदको सम्पूर्ण कारण र परिणामको दोष विपक्षलाइ दिन थाले ।



इतिहास विजितहरुद्वारा लेखिंछ, जहाँ पराजितहरु सधै बदनाम वा गलत साबित भएका हुन्छन। एउटै घटनाका विषयमा पनि दुई इतिहासकारहरु कहिलै सहमत हुदैनन र अझ अनौठोसंग दुवै आफु सही भएको दावा गर्छन ह्यारी ट्रुम्यानको कथन हो यो ।यसर्थ इतिहास का आँखा हरु बाट मात्र सही पक्ष सही धार निर्क्यौल गर्ने कोशिश गर्नु आफैमा बिरोधाभास पूर्ण हुन जान्छ एउटई बिन्दुका असंख्य कोणहरु हुन्छन विविध पक्ष र धारणाहरुका बिचबाट संतुलित दृष्टिकोणको खोजी नै सार्थक बुझाई को गहनता हो द्वंद र संघर्ष को इतिहास बुझ्न त झनै कठिन हुने भएकोले पूर्वाग्रहरहित विशुद्द दृष्टिकोणको महत्व अझ धेरै हुन्छ ।



यहानेर म तटस्थ रहिन, म स्वीकार गर्छु, मैले अलीकती इजरायलको आँखाबाट हेरेको छू । पुनरागमन र विस्थापन

इजरायल प्यालेस्ताइन संघर्ष कै इतिहास हेर्ने हो भने, दुवैपक्षभित्र जेरुसलम माथीको अगाध आस्था र त्यसको प्राप्तिको अमूर्त अभीप्सा रैह्को पाउछौं । पौराणिककालमा यहूदीहरुको राज्य यहूदा माथी रोमनहरुले आक्रमण गरेर प्यालेस्ताइन नामकरण गरेका थिए । त्यसपछिका दिनहरुमा अरवीहरुले उक्त प्यालेस्ताइनमा आधिपत्य जमाएर हजारौं बर्षसम्म शासन गर्दै आएको हामी पाउछौं । बीसों शताव्दीको पुरार्धतिर सम्म यो क्षेत्रमा अरव इस्लामिक प्रभुत्व रही नै रहेको थियो । इतिहासका पछिल्ला दिनहरुमा मात्र अरवीहरुको भीषण जनघनात्वलाइ वेवास्ता गर्दै यूरोप र एशिया लगायत अमेरिकाका बिभिन्न भूभागमा विस्थापित हुन पुगेका यहूदीहरुले आफ्नो गृहभूमि फर्कने अभियान चलाए।उनीहरुका लागी धार्मिक र एतिहासिक दृष्टिकोणले जेरुसलम अत्यन्तै महत्वपूर्ण थियो । 'उनिहरु कथा पढ़थे । इशा पूर्व एक हजार बर्ष पहिले यहूदी राजा डेबिडले स्थापना गरेको त्यों इजरायललाइ आफ्ना पूर्वजको घर सम्झन्थे र अरवीहरुको हातबाट कुनै पनि मूल्यमा फर्काउन चाहन्थे तर जेरुसलमलाइ अरवीहरु पनि कम्ती श्रद्धा गर्दैनथे । कथन अनुसार मोहम्मद यही स्थानबाट एक रात अल्बुराक नामक घोड़ा चढेर स्वर्ग प्रस्थान गरेका थिए । हजारों बर्ष देखि बसोबास गर्दै आएका अरवीहरु पछि प्यालेस्तिनी भानिएकालाइ यो अतिक्रमण कदापि स्वीकार्य भएन र यी दुई भाईहरु बिच अनन्त दुश्मनीको श्रृंखला शुरुवात भयो ।



आज ४० लाख को हाराहारीमा प्यालेस्तिनी शरणार्थीहरु बिभिन्न क्षेत्रमा छरिएर रहेका छन ती मध्य धेरै जसो पश्चिमी किनार र गाजा क्षेत्रका शिविरहरु लगायत जोर्दान सीरिया र लेबनानमा दयनीय अवस्थामा बसोबास गरि रहेका छन आफ्नै आँगनमा शरणार्थी बनेका उनिहरु घर फरकन चाहन्छं बाजे बराजुले आर्जेको त्यों प्यालेस्ताइन चाहन्छ्न , जसको सीमारेखा आज निकै साघुरो भाई सकेको छ सबैको अनुमान के छ भने यदि उनिहरु पुनस्थापित हुने हो भने अरव प्यालेस्ताइन शक्ति बढन गई यहूदी राष्ट्रको रुपमा स्थापित इजरायलको फेरी तहस नहस हुन सक्छ शरणार्थी फिर्तीको अर्थ इजरायलको अन्त्य हुनु हो भनेर अरव राष्ट्र तथा सबै प्यालेस्ताइनहरु खुल्ला दावी गर्दै आईरहेका छन तर इजरायलको चातुर राजनितिक पृष्ठभूमि र विगतका संघर्षहरुको अनुभवले पनि यसको सम्भ्याव्यता आधारहीन भएको स्पष्ट गरि सकेको छ ।









white phosphorus bombs dropped by IDF over gaza





मध्यपूर्वको आंगनमा अनगिनती सीमारेखाहरु कोरिए , कोरिदै मेटिदै गरेका सीमारेखाहरुले मानवीयताको पवित्र नाता भत्काउदै आपसी वैमनस्य र कलह बधाउदै गयो । सदियौं देखिको यो केरमेट गर्ने परम्पराले यौटा सत्य सधैको लागि मेटी सकेको छ- " सृष्टि सबैको साझा हो र इश्वरले हामी सबैको लागि यो धर्ती बनाएका हुन" ।



किन जिउदै जलाइए ६० लाख यहूदीहरु जातीयताको नाउमा नाजीहरुद्वारा? र त्यसको मूल्य तिरे निर्दोष प्यालेस्तिनीहरुले ?

विश्वको इतिहासले मध्यपूर्वमा ल्याएर छाडेको अत्यन्तै गहिरो पीडादायी प्रश्न हो यो । यो अनुत्तरित प्रश्नको उत्तर जजसले दिने कोशिश गरे, ती सबै अधूरा अपुरा वा एकपक्षीय मात्र रहे। भूटदाभूट्दै मकै आगो भन्दा अलीपर उछिट्टीएझै भागेर बाचेका ती यहूदीका संतानहरु यूरोप अमेरिका वा संसार का अन्य कुनाकाप्चाबाट यसरी खेदिए पछि इतिहास पल्ताउदै बाइबलका पानाहरुमा आफ्नो जातीय उत्पत्तिको थातथलो खोज्दै इस्रायल आउछ्न र भन्छन यो हाम्रै घर हो

Hiding Holocaust evidence

अस्तित्वका लागि संघर्ष

यूरोपको अग्नि काण्डमा जिउदै पिल्सिएका यहूदी जातिले डार्विनको सिदांतको यो शास्वत सत्यलाइ यसरी बोध गरेछ्न की ती नासिएर तुहिएर कहिलै गएनन, बरु ठूला ठूला अरव राज्यहरु (जातीय दुश्मन)को बिचमा संघर्ष गरेरै अस्तित्ववान भए, भैरहेछन । त्यसो त वरीपरीका बड़े बड़े छिमेकीहरुले इजरायलको नक्शा विश्व मानचित्र बाटै हटाउने तानाबाना कति बुने कति ? सम्पूर्ण विश्वले आफुलाई अशांतिको कारक, युद्धप्रेमी वा धुन्दुकारीको कलंक लगाउदा पनि यो मौन छैन, किनकी यसलाई थाहा छ मौनताले यसको मानचित्रका रेखा फेरी मेटिन सक्छ, अनि कहाँ जाने?



आज हजारौं बर्षपछि इजरायल आफ्नो देशको सिमाना स्पष्ट बनाउन चाहन्छ कुनै जातीले बाच्न कै लागि रगतको सिमाना कोर्नै पर्ने यस्तो आत्मघाति सभ्यता किन बनायो होला मान्छेले ?



दशाओं हजार बर्ष अघिदेखि यो क्षेत्र निरंतर आवादित रहदै आएको थियो पुरातत्वविद हरुले जेरिचो मा इ पु ८००० बर्ष अघि को गहुँको नमूना प्राप्त गरेका छन जसले इजरायल संसारकै सबै भन्दा पुरानो कृषिक्षेत्र भएको प्रमाण दिन्छ यासै गरि पुरातात्विक उत्खननहरुबाट यहाँ होमो इरेक्टस तथा नेन्दार्थाल जस्ता आदिम मानवहरुका समेत अवशेषहरु प्राप्त भएका छन । नेन्दरथाल मानव र आधुनिक मानव बिच को त्यो आदिम कालखंडमा मान्छे को कुन देश थियो ? कुन धर्म र कुन जात थियो ? कुन रंग र वर्णमा विभाजित थिए उनीहरु?









आज विभाजन र वर्गीकरण का नाघ्ने नसकिने अगला अगला पर्खाल हरु हामी बिच स्थापित भै सकेका छन हामी आफैले सिर्जना गरेका फरक फरक आस्थाहरु हाम्रै बिनाशका कारण बन्दै गै रहेका छन ।






मनोहर जैतूनका रुखहरुले हरेक बसंतमा गाजा क्षेत्रमा फेरी संभावनाका फुलहरु लिएर आउथे अनि त्यसको पात च्यापेर परेवाहरु मध्यपूर्वको आकाशमा शान्ति र स्वतन्त्रताका गीत गाउथे आज कैयौं रुखहरु संगै सुरक्षाको बहानामा अस्थायी वस्तिहरु समेत उजाड़ भएका छन ।



अभिलाषा

उता प्यालेस्तिनीहरु आफ्नो घरबार खोस्ने इजरायललाइ भूमध्य सागरमा धकेलेरै छाड़ने अठोट लिएर लड़दैछन भन्छन -जब सम्म अंतिम एक प्यालेस्तिनी यो धर्तीमा रहन्छ, उ पनि इजरायल बिरुद्ध लड़ेरै मर्नेछ ।कत्रो मोह सिमाना को?



त्यसो त प्यालेस्तिनी मुक्ति नाउमा अहिले अनेकौं अतिवादी र आतंकवादी संगठनहरु जन्मेका छन, जो आफै एक हुन नसक्नु र प्यालेस्तिनी राजनीतिमै वर्चस्व कायम गर्न लागि पर्नु वा गृहयुद्धमा समेत फस्नुले उनीहरुको अंतिम लक्ष्य इजरायल माथिको प्रभुत्वलाइ असंभवप्राय बनाई सकेको छ । अरवी राष्ट्रहरुको भीतरी इशारा र सहयोगमा चलेका ती विद्रोहहरुले मुक्ति होइन शिविरहरुमा दयनीय जीवन बिताई रहेका शरणार्थीहरुको भविष्य अझ अन्यौल ग्रस्त बनाउने काम मात्र गरेको छैन, अझ धेरै असुरक्षा र गरीबीतीर धकेल्दै लगेको छ।



यद्यपि सड़कभरी सैनिकका ट्यान्कहरु लाम लागुन जतिसुकै घरहरु भत्कियुन र जतिसुकै साथीहरु शहीद होउन, त्यसको कुनै परवाहबिना उनीहरु जेरुसलम हाम्रो हो, भन्दै विद्रोहको आगो फेरी फेरी सल्काई रहेछन । जेरुसलममात्र होइन, श्रृष्टिका सम्पूर्ण अवयवहरु हामी सबैको हो भन्ने निर्धक्कता खै हाम्रो सभ्यताले बुझाउन सकेको?



प्रतिशोधको भावनाले अभिप्रेरित भएर आतंक र रक्तपातको बाटो हिड्दा हिड्दा उनीहरुको त्यो लक्ष्य क्षितिजबाट धेरै परपर गै सकेको छ । त्यसलाई पुर्ख्यौली नासो भन्दै फेरी फर्काउने कोशिश गर्नु इजरायलको शक्तिसंग अनभिज्ञ रहने विवेकहीनता वाहेक अरु केही होइन ।



बत्तिमा जब पुतलीहरु होमिदै जान्छन, त्यसलाई रोक्ने सबै कोशिश व्यर्थ हुन्छ । यो दुस्साहस उज्यालोको माया हो । फेरी इतिहास लेख्ने भ्रमित विश्वासमा आज धेरै प्यालेस्तिनी किशोरहरु इरान र सीरियाका जंगलहरुमा तालीम गरिरहेछ्न - नया नया सिमास्ताम्भ उठाउने अभिलाषा लिएर ...











सम्बंधित अर्को लेख

गाजा र विश्फोटनका धुंवाहरु



3:42 AM | Posted in | Read More »

मन







तस्वीर-graphicshunt.com



त्यसो त मान्छेको जीवनमा कति कति नैतिक सामाजिक मर्यादाहरु छन, बंधनहरु छन र अलिखित नियमका घेराहरु पनि छन, तर मनले के मान्थ्यो? मायाले के मान्थ्यो ? यी हेर्नुस त ग़ज़ल भएर आज एकाएक मेरो मन पनि ती सबैसबैबाट एकछिनको लागि फुत्किएको छ,र स्वतन्त्र भएको छ पराग जस्तै... भ्रमर जस्तै...तपाइले पनि कहिलेकाही यस्तो अनुभूति गर्नु भएको छ की?







मनै त हो भ्रमर झै बरालिन सक्छ प्रिय

कुसुमका थुंगासंग अंगालिन सक्छ प्रिय



सिमलको भुवा बनि कहाँ कहाँ डुल्ने मन

वास भेटे कुनैबेला संगालिन सक्छ प्रिय



नौनी रैछ क्यारे मन? मायाचाहि आगो होकी?

हास्दा खेल्दा थाहै हुन्न, पगालिन सक्छ प्रिय



पिरतीमा रमाएर संसार जित्छु भन्छ कैले

कैले सानो बिछोडमा अतालिन सक्छ प्रिय



साइनोको के कुरा भो मिठो माया दिन्छु भन्छ

एक धर्को सिंदूर त पखालिन सक्छ प्रिय !





फेसबुकमा बाडनुस



10:54 AM | Posted in | Read More »

धमिला राता दागहरू





कल्पनाको निलो सगरतल
इन्द्रेणी रंगका यी प्रसूनहरु
मलाई घामको झुल्को जस्तै लाग्छन
म हेरी रहन्छु ।







तेल अभिभ केन्द्र नजिकैको यो सानो शहर, सानो वस्ति डीजिन्गोफ़, हरेक विहान जसले पश्चिमतर्फको भू मध्यसागरको सामुद्रिक आद्रता र पूर्वको न्यानो घाम एकैसाथ महशुश गर्छ। प्रभात संगै उदाउछ मेरो झ्याल पनि, जहा निलो आकाश र कंक्रीटको अपार जंगलले भरिएको अजब दृश्य नचाहेरै पोखिइसकेको हुन्छ । सुन्दर डिजाइन र वास्तुले सजिएका यी आलिशान महलहरु गगन चुम्न उद्यत भएझै क्षितिजपर सम्म यस्तै एकोहोरो फैलिएका छन ।

झ्यालमा टांगिएको एकतामासको दृश्य पर क्षितिजतिर हेर्छु अनि घर सम्झन्छु हिमाल पहाड़ र खोलानालाहरु.....। प्रकृतिको त्यो तरंगमा क्षणभर हराउदा जून अतुलनीय सुखद अनुभव हुन्छ,त्यो अन्य सबै आयातित खुसी र भौतिक सुबिधा भन्दा मिठो चोखो र आत्मीय हुन्छ, लाग्छ कल्पनाका तिनै डुबुल्किहरु मेरा जिउने आधार हुन।

सागर किनारका वगरहरु, सर्लक्क उठेर घरहरुको घना जंगलमा अनुवाद भएका मात्र छैनन, मान्छेका बिचार र भावना पोखने मंचहरू, मनको कुरा बाड़ने मेला र चौतारीहरु कम्प्यूटर भित्र सांघुरिएदै गएका छन, यद्यपि सल्लेरी पाखा कै तृष्णा मेटिने गरि ठाउं ठाउं मनोरम उद्यान, पार्कहरु पनि बनेका छन र सागरका छालहरु पाइपको अन्तरकुन्तर बाटो भएरै पनि शहरको भित्री उपवनमा संगीतमय झरना र फोहोरा बन्न आइपुगेका छन। यो शहर जहाँ मान्छेले प्रकृति र प्राविधिको संयोजन गरेर यसरी सजाएका छन मानु कुनै शिल्प कुचिकारका रेखा र रंग हरुले क्यानभास् सजिएको हुन्छ प्रत्यक शहर बाटो घाटों पार्क र घर अनि कोठाका भित्री तह सबै सबै योजित कलात्मक र सुन्दर ......।

सबेरै कसैले फोन गर्छ "ओ राजनितिक कवी के छ हालखबर?"
उसले भर्खरै मेरो एउटा ग़ज़ल पढेको छ फेसबुकमा ।

विगतमा मैले मेरा धेरै रचनाहरुमा श्रृंगार र प्रेम भन्दा क्रान्ति वा राजनीतिलाइ अली बढ़ी नै उठान गरेको थिए, त्यसो त मध्यपूर्वको यो रणभूमिमा बसेर लेखिएका मेरा प्राय सबै लेख रचनाहरु युद्धकै सरोफेरोमा केन्द्रित छन । त्यसैले उ शतप्रतिशत गलत चाहि थिएन। देशको स्थितिले भित्र वा बहिर प्रत्यक्ष/परोक्ष प्रभाव पारेकै हुन्छ र मेरो साहित्य यसबाट अछुतो कसरी रहन सक्छ, भनेर उसलाई सम्झाउने कोशिश गर्छु। हैन ग़ज़लमा सौंदर्य र प्रेम मात्र सुहाउछ, कोमलता मात्र सुहाउछ उसको ठम्याइ छ ।

अब मैले देखाउन भए पनि अराजनीतिक विशुद्ध केही लेख्नै पर्छ।

तैपनि भन्छु -नेपालको अविरल गाईजात्रा र वितंडाको त कुरै नगरु! देखेका छैनौ टुडिखेलमा घोडेजात्रा देखाए झै यहाँ कसरी बेला बेला आकाशको विशाल रंगशालाबाट क्षेप्यात्र र युद्धक विमानको संहारकारी जात्रा देखाउछन? र शत्रुको नाश गर्यौ भन्छन ?

को हो मान्छेको शत्रु ?

अली अगाडी मैले धाइबाको ढकमक्क काठमांडू शीर्षकको संप्रेषण पढेको थिए एउटै कुराको वाक्क दिक्क लाग्दो विषयलाइ पनि अली पृथक दृष्टिकोण बाट चियाउदा यदाकदा त्यो सुन्दर पनि हुन्छ म अलीकती प्रभावित भएँ ।

त्यसो त म नियमित ब्लग लेख्दिन , कार्यव्यस्तताका धारिला समयहरूबाट आफुलाई जोगाएर फाटफुट कविता ग़ज़ल कोर्छु .त्यसमा पनि कहिलेकाही वरीपरी शास्त्रीय फ्रेम र मीटर लिएर घुमिरहने केही साथीहरुदेखि डर लाग्छ । युद्धभूमिमा बसेर घुमिफेरी त्यही युद्धकै कुरा, संघर्ष, वेमेल र विसंगतिका कुरा कति लेख्छस? कति धुवाउछस आगोको गन्थन, कहिलेकाही फुलको कुरा गर, प्रकृतिको कुरा गर --मलाई धेरैले सुझ्याएका छन ।

आज त्यस्तै केही कोर्न चाहे तर सकिन, पुरानै धंगधंगीले पराजित गर्यो, र फेरी हारयो मेरो सिर्जना !





धमिला राता दागहरू

आशाको किरणहरु छरिरहेको
न्यानो घाममा बसेर
एकदिन मेरा कल्पनाहरुलाई मैले
सगरको विशाल तलाऊमा सयर गर्न दिएँ
र हराएँ वादल पारी पारी सम्म ...

सगरमाथाको उचाइमाथि पुगेर म टक्क रोकिन्छु,
र नियाल्छु- नदी नाला हिमाल पहाड़ र हरिया जंगलहरु,
लेक, बेसी, मैदान, वगर, किनार र सागरको गहिराई,
र अनुभूत गर्छु धरती, नभ, ब्रम्हाण्ड र प्रकृति।
सधै झै यसपाली नि मौसमले बाह्रमासे थुंगाहरु लिएर आएका थिए
मेरो दृश्यको आँगन भरी भरी
प्रकृति फक्रिएको थियो ।

खेत बारी, मान्छेले कोरेको माटो अनि बाटो
र उसले गाएको गीत, अहा! कति धेरै सुहाएको
प्रकृति संगको उसको आत्मीयता र उसलाई प्राप्त
यी अनमोल खजाना र उपहार
शायद ईर्ष्यालु भएर मनमनै मैले भने
मान्छे तं कति भाग्यमानी ?

हो यहिबेला आज
मात्र यो पल, धर्तीको छाती माथी
रगतको सांध कोर्न हिडेका
अन्त्यहिन जुलुशको कुरा गर्न मन भएन
विद्रोह र समर्थनका रयाली,
सैनिकका जत्थाहरु, विध्वंसकारी ट्यान्कका लाम
वा गंतव्यहीन दिग्भ्रमित संवत्सरका लश्करसंग
केही गुनासो गर्न मन भएन
हो आज म वहारमा रम्न चाहन्छु ।

रगतको प्यास बोकेको
तिम्रो राजनितिक रणभूमि र
रुखो माटो संग र
हरघडी विश्फोटनको आवाज़ले तर्सन अभिशप्त
तिमीहरुसंग पनि मौसम अनि प्रकृति
कहिल्यै उदासीन भएनन ।
बरु क्षेप्यास्त्र र युद्धक विमानहरुको पृष्ठभूमि
निलो आकाश पारी
फेरी आशा र उमंगका क्षितिजहरु उघारीरहे
उब्जीरहे अन्नहरू, भरिई रहे किसानका भकारीहरु ,
तिमीले कैद पारेको गमला मै सही
फुलिरहे खुसीका फुलहरु ।

हो भाचिएपनि, चुँडिएपनि प्रकृति पलाउँछ
प्रकृति आशा हो,
म त्यही लेख्न बस्छु ।

सागरको लहरसंग खेलि सकेर
समथर तराईबाट उक्लँदै पहाड़का थुम्काहरु
र ठोक्किदै हिमालको चिसोपना सँग
निरन्तर बगि रहने यी चंचल हावाका झोंकाहरुको कुरा गर्छु
जो कहिल्यै भन्दैनन
म दुखेँ --बारूदको पिरो गन्ध संग मिसिएर .
वा म घाइते भएँ --राँको र टायरका धुंवाले ।

ए मान्छे ,
म आज रक्ताम्य गह्रारुको कथा बिर्सिन्छु,
र लेख्छु भन्छु -जस्माथी क्रान्ति जस्तै एक एक गर्दै
छपक्कै उम्रिएका सुन्दर फुलहरुका कुरा,
पहेला टुसाहरुका कुरा र हरिया मुनाहरुका कुरा,
अनि सधै उत्साह बोकेर उदाउने प्रभातका कुरा ,
जसले मेरो आँखाको गुलुबभरी स्वर्णिम रंग पोतेका छन ।

कल्पनाको निलो सगरतल
इन्द्रेणी रंगका यी प्रसूनहरु
मलाई घामको झुल्को जस्तै लाग्छन
म हेरी रहन्छु ।

धेरै पछि पृथक मुडमा
फूलको सौंदर्यको बयान गर्न खोज्छु
ती नदी पहाड़ र हिमालका चित्र कोर्न थाल्छु
मनको आँखा भरीभरी
रंगाउन चाहन्छु प्रकृतिको रंग मेरो कवितामा ।

हठात
स्वप्नभंग भए झै अनायास झस्कन्छु,
कानैमा बज्रिएको चर्को नाराबाजीको कोलाहलले
खै कहाँ कहाँ बाट मेरो निलो क्यानभासमा
राता र धमिला रंगहरु बेढंगले लत्पतिन्छन ।




4:19 AM | Posted in , , | Read More »

क्रमश सड़क गल्ली

क्रमश सड़क गल्ली चोक बल्न थाल्यो
हिजै जस्तो फेरि सबै थोक बल्न थाल्यो

खंड खंड हुन्छु भन्छ गणतंत्र नया नेपाल
सांध बार्ने किचलोमा लोक बल्न थाल्यो

दशै कहिले आउला बाबै लालाबाला सोध्न थाले
हर्के दाईको चुल्हो माथी भोक बल्न थाल्यो

कसले कस्तो चित्र कोर्यो रगतको रंग संग
तेह्र हजार आत्मा रोए शोक बल्न थाल्यो

फुसफुसे खरको छानो निति नियम कठै बरा
काजीकै हुकुम आदेश तोक बल्न थाल्यो



12:59 AM | Posted in | Read More »

शुभकामना







हरेक प्रभात संग उदाउने नया दिन
नया आशा नया उत्साह र उमंग लिएर आउन।
निरंतार सफलताले ती पाइलाहरु चुमिरहून ।

मेरा यी कामनाहरु
हिम्मत अठोट र आत्मविश्वास का नया संचार बनुन ।

जीवनसंग सपना
सपनासंग आशा
आशासंग उत्साह
उत्साहसंग स्फूर्ति
स्फूर्तिसंग कोशिश
कोशिशसंग धैर्यता
धैर्यतासंग आत्मविश्वास
आत्मविश्वाससंग साहस

साहससंग सफलता ।

प्रारंभ बनोस यो ऋचा सार्थक त्यों जिंदगीको
प्रेरणा बनोस यो सुभेच्छा उन्नति र प्रगतिको ।

नया बर्ष २०६६ को हार्दिक मंगलमय शुभकामना

कृष्ण थापा






1:14 PM | Posted in | Read More »

gazal

5:30 AM | Posted in | Read More »

उस्तै उस्तै








परम्परागत मान्यता अनुरूप ग़ज़ललाइ रूप सौंदर्य वा प्रेमको कोमल अभिव्यक्तिको रूपमा मात्र हेरिएपनि समय संगै आज ग़ज़लमा विद्रोहचेतना, क्रांति वा सामयिक छटपटी कुंठा , वा सबैसबै खाले भोगाईहरु समेटिन थालेको छ वा भनु ग़ज़ल दरबार कोठी वा महेफिलका परिधिहरूबाट बाहिरिएर अपरिमित भएको छ। स्वतंत्र भएको छ ।यही नया परिभाषालाइ पछ्याउदै मैले ग़ज़लभित्र राजनीति समेटेको छू, राजनीतिको चित्र कोरेको छू ।

स्वीकार्य हुनेछ भन्ने अपेक्षा सहित ।




यद्यपि प्रश्न यहाँ शेष छ, उस्तै उस्तै
संक्रमणको पीडामा देश छ, उस्तै उस्तै


वसन्त आयो भन्छन, कोइलीको स्वरुपमा-
कागको नौटंकी भेष छ, उस्तै उस्तै




सड़क भरी सहीदका रगत देख्दा धेरै रोए
रगत संगै खेल्नू फेरी आदेश छ, उस्तै उस्तै


विसंगति अन्योलपना घाऊ वर्गसंघर्षका
पाइलैपिच्छे हिजोजस्तै ठेस छ, उस्तै उस्तै


सामंती संरचना ढाल्यौं भन्थे -उनीहरु
खोतलेर हेर्नु यहाँ अवशेष छ, उस्तै उस्तै

12:03 AM | Posted in | Read More »











5:02 AM | Posted in | Read More »

गजल



मेरो आधा संसारलाइ सजाऊछु भनेकी थ्यौ
हजूरकै छातीभित्र अटाउछु भनेकी थ्यौ ।

अधुरो छ कथा मेरो अँध्यारो छ घरपनि
मायाका दीपहरु जलाउछु भनेकी थ्यौ ।

वाचा मिठो गरेकी थ्यौ, सधै सधै साथ दिने
वहकिन खोजे भने सम्झाउछु भनेकी थ्यौ ।

छाया जस्तै हासो खुसी , कति दुखी यो समय
तर दुःख पर्दा पनि रमाउछु भनेकी थ्यौ ।

उस्तै छौ कि वद्लियौ, सम्झन्छौ कि बिर्सीसक्यौ
कृसुलाइ सधै आफ्नो बनाउछु भनेकी थ्यौ ।


3:55 PM | Posted in | Read More »

मेरो सपनाको गाँउ


नयन्द्र चेम्जोङ्ग

(पाहुनाको कलम)


तेल अभिभ इजरायलको कोलाहल ब्यस्तता तनाबलाई छिचोल्दै बेला बेलामा मेरो मोबाइल फोनहरुमा हातका औलाहरु अनायासै सल्बलाउदै त्यहि नम्वर थिचिन थाल्छन जुन नम्वरमा धेरै लामो सम्पर्क पछि मात्र सानो मधुरो अस्पष्ट आवाज आउछ…। हलो……॥कान्छा काका हो काका नमस्कार ! बोजुलाई दिन्छु है ! ठूलदाजुको छोरी पर्मिला मेरो स्वर चिन्ना साथ बोजु वरीपरी छ भने तुरन्तै फोन दिइ नै हाल्छ तर फोन लाग्न भन्दा पनि गारो हुन्छ बोजुको कानमा फोनको सेट मिलाउन । कहिले बोल्ने सुन्ने तिर पर्छ त कहिलॆ सुन्ने बोल्न तिर । बल्ल बल्ल ठीक ठाउमा त पर्छ आवाज सधैं मधुरो हुन्थ्यो र सधै एउटै शब्द लवज दोहोरिन्छ घरमा कहिले आउछस कान्छा मलाई भेट्छस के म धेरै वाच्दिन होला । छिट्टै आएर मुख देखाएर मात्र भए पनि जा ।



आमाको यो निरासाजनक अभिव्यक्तिले मलाई एकदमै सताउन थाले पछि मैेले धेरै लामो समयान्तरमा घर गएर आमालाई भेट्ने नै अठोट गरे । यसै बिचमा मैेले आमालाई फोन गरेर भने म अलि पछि आउने भए आमा कामले गर्दा ढिलो होला जस्तो छ म के गरु आमाले धेरै कुरा गर्नु भएन मात्र यति मात्र भन्नु भयो "म मरे पछि मात्र आइज ।" सम्झे आमा अहिले ८२ बर्ष लाग्नु भयो । नेपालीको औषत आयु भन्दा पनि २० वर्ष बढी । संसारमा धन दौलतले पाउन नसकिने जन्म दिने वाबु र आमा नै हो । मैले मेरो आमाको समिप्यमा रहेर धित मर्ने गरी आमासंग भलाकुसारी नगरेको पनि दुइ दशक भन्दा पनि बढी भै सकेको रहेछ । जहिले पनि छोटो वसाई एक दुइ दिन भन्दा बढी समय नै दिन नमिल्ने यस चोटी चाहि अलि लामै समय बस्ने विचारले पाचँ वर्षको अन्तरालमा घर जाने जमर्को गरे ।





काठमाण्डौ गएको भोली पल्ट बिहानै आमालाई फोन गरे र भने "आमा म काठमाण्डौ आएको छु" आमाले रोदन मिसि्रत स्वरमा यति मात्र भन्नु भयो "तँ आइस बाबु ! घरमा कहिले आउछस त " आमाले मलाई नानी बाबु भनेर सम्बोधन गरेको कहिल्यै थाहा थिएन । हाम्रो परिवारको एउटा संस्कार थियो परिवारका सदस्यहरुलाई प्राय नामबाट नबोलाएर रोलक्रम अनुसार जेठा माइला साइला कान्छा ठूली कान्छी नै हाम्रो सम्वोधनका आधारहरु हुन् । निशान १६ वर्ष पुरा भइ सत्र लागेको कानूनी हिसावले उ अव यो देशको नागरिक हुन लागि रहेको छ । उसलाई नागरिकता पनि दिलाई दिने विचारले हामी बाबु छोरा दुवै जना अग्नी एयर को उडान बाट विराटनगर जाने तरखरमा लाग्यौ । हामी उडानको लागि सबै जाँच पास गरी वरी जहाज भित्र चड्नै मात्र के लागेको थियौ कसैको मोवाइलमा घण्टी बज्यो आज विराटनगर बन्द छ । जहाजमा चड्न लागेका सबै जनाको अनुहार धमिलो भयो । बिराटनगर पुगेको त साच्चे नै दुहबी बन्द रहेछ । कारण केही हैन धरानमा विद्याथीलाई गाडिको खलासीले कुटी दिएछ । अहिले नेपालमा त्यस्ता बन्दहुनको लागि त्यस्तो कुनै कारण नै चाहिदैन जे गरे पनि बन्द जे भए पनि बन्द प्रजातन्त्र आए पछि बन्द हडताल आगजनी नारा जुलुस जस्ता शान्ती र विकाशका अवरोधात्मक कृयाकलापहरु खुबै फस्टाएको छ । अब बलभद्र अम्मरिसंह भक्तिथापा को राष्ट्रभक्तीको गाथा त इतिहासको दन्त्य कथा भै सक्यो । यहाँ त स्वास्नी अर्कैले भगाएर लग्यो भने पनि दुइ चार जना आवाराहरुलाई दुइचार सेर जाँड खुवाएर हो हल्ला गराएर बन्द हुलदँगा बन्द गराएको समाचार आउन थालि सक्यो । हरेक समस्याको प्रदर्शन र बदला लिने ठाउँ सडक भएको छ बजार भएको छ सवारी साधन भएको छ । जे होस हाम्रो बिपत्तीमा अवसरलाई सही सदुपयोग गर् यो ट्याक्सी ड्राइभरले पनि । करिव तीस किलोमिटरको बाटोलाई घुमाउदै लुकाउदै छलाउदै गन्तब्य धरान सम्म पुर् याउन पाँचहजार रुपैयाबाट मोल मोलाई गर्न थालेपनि चारहजार पाँच सयमा पुर् याउने सहमती भयो र पुग्यौ । धरान पूर्वको पहाडी क्षेत्रलाई जोड्ने सुन्दर बजार पहाड र मधेसको संगम स्थल । आवरणमा धरान सुन्दर भए पनि मलाई त्यति धेरै रमाइलो लाग्दैन । प्रकृति र सौन्दर्यमा लठ्ठिन्छु म । तर मलाई शहर बजार मानव वस्तीहरु भन्दा पनि प्राकृतिक सौन्दर्य हिमाल पहाड खोला नाला झरना भिर पहराहरु मेरो हितैषी र आफन्त हो जस्तो लाग्छ । एकान्त र शान्तपे्रमी हुँ । कोशी राजमार्गको निर्माण हुनु भन्दा अगाडि पैदल यात्रीको रुपमा गाउँबाट धरान दुइ चार पटक आवत जावत गरेको सम्झना छ मलाई । अमरहाट सारंगा सिकारबास खरवनी छोटीमोरङ्ग काम्फेक नाम्जे काने पोखरी कुइभिर ओखे्र ओडारे बटुवाहरुका लागि कहलिएका गौडाहरु हुन । गाँउघरबाट धरान जाने बेलामा गाँउघरमा उत्पादित फलफुल तथा तरकारीहरु धरानमा लगेर बेच्ने र विक्रीबाट आएको पैसाले घरायसी सामानहरु चामल तेल मसला नुन आदि इत्यादिका सामानहरु गाउँघरमा भित्रिने गरिन्थ्यो । धरानको रमणिय वस्ती झिलीमिली गाडी इत्यादी भन्दा पनि धरानबाट सामान लिएर आएका सोल्टीनीहरुसंग बाटोमा हास खेल ठट्टा गदै दिल्लगी गर्दै बाटो काटेको आनन्द र रमाइलो पन नै बेग्लै हुने गर्दथ्यो । हिउद लागे पछि गाँउ घर तिर पाकेका राताम्मे सुन्तलाका भरियाका ढाकरहरुका तातीहरुले कुनै िसंगारिएका दुलहीका लस्कर झै देखिन्थे । धरानबाट उकालो लागेपछि जब हाम्रो रिजर्ब गाडिले गुम्तीहरु पार गर्न थाले धरान देखी माथीको त्यो नाक ठोकिने सिकारवास उकाकोलाइ देखाउदै मैले निशानलाई भने " निशान पहिले हामी धरान आउदा जाँदा यो उकालो बाटो ओहोर दोहोर गथ्र्यौ "। निशानले खिस्स हासे जस्तो गरेर टारिदियो उसलाई के थाहा खोला नाला भिर पाखा पखेराको दुख ब्यथा । तर म त्यतीमै अडिन सकिन म सम्झदै थिए कुनै समय मलाई पनि आफ्नै वारीमा पाकेको सुन्तला धरानमा लगेर बेचेर रमाइलो गर्ने मुड चल्यो । अघिल्लो दिन एउटा बाँसको तामा काटेर ल्याएर चोया काडे र त्यहि दिन भित्रैमा एउटा ढाकर पनि बुने ढाकरलाई चाहिने खकन तोक्माङ्गहरु प्नि सबै तयारी गरे । धेरै लामो बाटो कहिल्यै भारी बोक्ने बानी नपरेको सुन्तला सय दाना मात्र हाले ढाकरमा । अघिल्लो दिन बेलुकी नै भोलीको लागि भनेर सातु चामल रोटीहरु ख्ााजाको बन्दावस्तो गरे पछि बिहानै सुन्तलाको भारी बोकेर लागे धरान तिर । बाटामा अनगिन्ति आफन्त नाता गोता इष्ट मित्र हरु भेटिन्थे । हाम्रो परिवार समाजमा अलि वढी परिचित पृष्ठभूमि भएकोले एक दुइ वोटा गाविसमा त हामीलाइ नचिन्ने मान्छै नै हुदैन थे । बाबु बाजेको नाम लिने हो भने यो दुरी अझ निकै फराकिलो हुन्थ्यो । मैले कसैको करमा त्यो सुन्तलाको ढाकर बोकेको हैन एउटा समयान्तरको रहर थियो । मलाई धरान जान भन्दा पनि भिर पहरा जंगलको बाटोमा भारी बोकेर रौसिदै परिचित आफन्तहरु हिडुनमा नै मैले रमाइलो अनुभूति गरेको थिए । चिनजानका सबै जना मलाई देखेर हास्थे । सायद मैले ढाकर बोकेको देखेर उनीहरुलाई अनौठो लागि रहेको थियो । ढाकरमा सय दाना सुन्तला छ बाटो खर्च भने पनि सम्पति जे भने पनि त्यति नै हो । अघिल्लो रात अमरहाटमा बसे पछि भोली पल्ट बिहानै सबै भन्दा अगाडि सुन्तला बेच्ने भनेर धरान पुरानो हाट लागे । विहान सात वजे धरान पुगेको एघार बजि सक्यो मेरो ढाकरको सुन्तोला कसैेले किन्नै आएन । सबै साथीहरु भारी बेची वरी छाप्रे होटेलमा गएर चार अैची मोटो बंगुरको मासु संग खाना खाइ वोरी घर फर्कन लागि सके । बेलुकीको पाँच वजी सक्यो मेरो सुन्तोलाको भारी बिकि्र हुने छाटै छैन । सारै दिक्क भयो । त्यसै फालिदिनु पनि घरमा जाने खर्च नै छैन खर्च त जसो तसो मागेर काम चलाउथे नै होला तर त्यसो गर्न पनि भएन । म त रुन लागि सकेको थिए जब रात पर्न लागे पछि चाही गाउँकै एक जना नातेदार पर्ने ले सहयोग गर्नु भयो एउटा चिनेको माडेकोमा लगेर बेचाइ दिनु भो । सय दाना सुन्तला ढाकर नाम्लो सबैको दाम गरेर जम्मा १३ रुपैयामा बेचेर हिडे । त्यो दिन बेलुकी सम्म भोकै वसे पनि अमरहाट पुगे पछि भने त्यो पैसाले नै टन्न खाए । त्यस पछि त मलाई धरान झनै नरमाइलो लाग्न थाल्यो । त्यस पछि मैेले सुन्तोला बोकेर धरान जान करिव करिव कसम नै खाए । ढाक्रे जीवनको रामोण्टीक क्षणको कल्पना संगै हामी भेडेटार पुग्न लागि सकेको रहेछौ । मान्छेले जन्मेर कर्म र लगनले आफ्ना भाग्य बदल्छ त्यस्तै समय र परिस्थितिले कुनै स्थान विशेषको प्राकृतिक सौन्दर्य नै परिवर्तन गरिदिदो रहेछ । कुनै समय भेडाहरुको चरणको रुपमा रहेको भेडेटार कोशी राजमार्गको निर्माणले सो क्षेत्रको कायलपट नै ल्याइदिएको छ । अझ सन् १९८३ को समयतिर बेलायती युवराज चाल्स्रको भेडेटार नजिगैको सैसुङ्ग डाडामाथिको अवलोकन पछि त यसको रमणियता र ख्यातिले अन्तराष्ट्रिय चर्चा समेत पाउन सकेको छ । हामी भेडेटारको रमणियतामा धेरै बेर रम्न पाएनौ हाम्रो गाडि तयारी हालतमा थियो । बिहानै देखी केहि नखाएको कारणले एउटा रेष्टुरेण्टमा पस्यौ र खाने कुरा अर्डर गर्न थाल्यौ । खानेकुराहरुको तालिका र मूल्य हेरेर निशान खित्का छाडेर हास्दै अचम्म मानेर सोध्दै थिए बाबा यहाँ खानेकुराहरु थोरै दिन्छ हो मैले सोधे किन यो खानेकुराहरु किन यति सस्तो भयो त सम्झे काठमाण्डौको महँगी जनजीवनमा हुर्कदै छोराको मानसिकता नै महँगो भै सकेछ । विचरा उसलाई के थाहा गाउँको यथार्तता । उसले सोचे भन्दा सस्तो र मिठो खाएर हामी भेडेटारबाट हिड्यौ ।


करिब एक घण्टाको अन्तरमा हामी डाडाँबजार पुग्यौ । पूर्वााचलको महाभारत श्रृँखलामा अवस्थित दृष्यालोकनका लागि अत्यन्तै मनमोहक मानिने ध्वजे डाडाँको फेदीमा रहेको डाडाँबजार संग मेरो धेरै तीता मिठा स्मरणहरु छन् । म जहाँ गए पनि जहाँ रहे पनि ध्वजे डाडाँको बखान सबैलाई सुनाउने गर्छु । मौसम सफा भएको बेला यो ठाउँबाट पूर्वााचलका सोह्र जिल्ला यहाँबाट अवलोलकन गर्न सकिन्छ । यति हो प्रचार प्रसारको अभाबमा यसले आफ्नो ख्याती लिन सकेको छैन । संचार माध्यमको आखाँ नपुगेको नेपालकै दृष्यालोकनको लागि उपयुक्त सम्भावित पर्यटकिय स्थल मध्य यो पनि एक हो । अहिले जस्तो मौलाएको थिएन त्यतीखेरको डाडाँ बजार । अहिले हिसाब गर्दा म १४ वर्षको थिएछु मेरो गाँउमा भएको निम्न माध्यामिक विद्यालयको पढाइ सक्ने बितिकै म पनि माध्यामिक शिक्षाको लागि डाडाँबजार पढ्न गाउबाटै धाउन थाले । पुरा पुर दुइ घण्टा लाग्छ घरबाट । विद्यालय धाउन त थाले तर मलाई पढाइ के हो म केको लागि स्कुल गइ रहेको छु भन्ने कुराको हेक्का मलाई कहिल्यै भएन । म सधै सधै रोजा नै स्कुल धाउथे । मलाई पढ्न मन कहिल्यै लागेन स्कुल जानै मन नलाग्ने कति खेर टिफिन हुने र खाजा खाने हो ध्याउन्न सधै यस्तैमा वित्थ्यो । खाजा खानको लागि एक जना कटुवालको पसल थियो चना चिउरा पाउने त्यसैकोमा उधारो खान्थ्यौ । स्कुलको अन्तिम अन्तिम हुने बेलामा चना र चिउराको तीन रुपैया उधारो भएको थियो त्यो मैले त्यतिकै तिर्न पाइन जाँच सके पछि त म त्यो ठाउँमा अहिले सम्मे गएको छैन । आज २९ वर्ष पछाडि पनि मैले त्यो ऋणको भारी बोकि राखेको छु । मास्टरले गृहकार्य दियो भने त सय किलोको भारी बोकेर ल्या भनेको जस्तै हुन्थ्यो । म बदमास पनि थिइन । कपि किताबहरु पनि पर्याप्त मात्रामा थिएन कि जस्तो लाग्छ तर कपी किताब नै नभएर नपढेको चाही हैन म । घरमा आफ्नो समस्या कहिल्यै भन्दिनथे जानेर दिए लिन्थे नदिए आवस्यक ठानिन । कितावको विषय वस्तुहरुको कुरै नगरौ कुन कुन किताबहरु पढनु पर्छ भन्ने कुरा समेत मलाइ यकिन थिएन जस्तो लाग्छ । मान्छेमा एउटा समय हुदो रहेछ हामी छोरा छोरीहरुलाई हप्काएर फुक्र्याएर फकाएर अर्ति उपदेश दिएर कसैको उदाहरण दिएर बाबु हो पढ्नु पर्छ भनेर भन्छौ तर जब सम्म विद्यार्थीले पढ्नु पर्छ भन्ने कुरा अन्तर मन बाट प्रष्फुटन भएर आफैले मनन गर्दैन यो अर्ति उपदेश सबै भालुलाई पुराण सुनाए जस्तै हो त्यो हामै्र मुख्र्याइ हो । सुक्रबार आधा दिन विदा हुने भएकोले हामी ध्वजे डाडाँको आसपासको जँगलमा जान्थ्यौ । गुरासका फुलहरु राताम्मे फुली राखेको हुन्थ्यो । चतरा भन्ने एक प्रकारको बनस्पति हुन्छ त्यो लटरम्मै पाकि रहको हुन्थ्यो गुरासका फुलहरु र चतराका पाकेका दानाहरु टिपेर पेट टन्न हुने गरी खान्थ्यौ । जे होस जगलमा पाईने खान मिल्ने सम्म सबै खान्थ्यौ केही बाकी राखेनौ । यहाँ मेरो स्मरणमा लेख्न भुल्नै नहुने कुरा छ वार्षिक परिक्षामा म कक्षा आठमा फेल भए । सारै राम्रो भयो । हुनु पर्ने भयो । मास्टर सारै इमान्दारी रहेछ । त्यस पछि मैले पढ्न छाडि दिए ।

हाम्रो रिजर्भ गाडि बिच बाटैमा खाने पानीको पाइप खनेर खाल्डो बनाएकॊले आधा बाटो देखी गाडि फर्कियो र पहिले जस्तो घोरेटो बाटो हैन अहिले त सडकै सडक हिड्नु पर्ने रहेछ । रमाइलो नै भयो । हामी करिब आधा घण्टा भन्दा केहि वढी समयको दुरीमा हामी घरमा पुग्यौ । आमा र दिदीलाई भेटे । हामी लिम्बु समाजमा गाउँघरको चलन जो पराइ आफन्त आए पनि खाजाको रुपमा तोङ्गवा खुवाउने चलन छ । बर्षौ पछि तोङ्गबाको चुस्की लिएको मात्रै थिए टुप्लुक्क आइ पुग्नु भयो भिम काका । भिम काका र मेरो १२ वर्ष पछिको भेटभाट थियो यो । बाह्र वर्ष अगाडि जब म मलेसियाबाट फर्के पछि केही आफन्त नाता गोताहरुलाई मलेसिया पुर् याएर मैले पनि दलाली पेशा अंगालेको थिए फाइदा बेफाइदा बदनाम दुर्नाम आफ्नै ठाउमा छ । त्यस समयमा भिम काका मलेसिया जानु सक्नु हुन्न थियो भिम काका कै वहिनीले पैसा नदिएको भए । फुपुले सहयोग गर्नु भयो थोरै तिनै मेरो मुख हेरेर भए पनि । फुपुको पैसाले भिम काका मलेसिया पुग्नु भयो । कमाउनु भयो या भएन त्यो आफ्नै ठाउमा छ होला । भेटघाटमै काकाको मुखैबाट सुने काकाहरु धेरै भाग्यमानी हुनुहुदों रहेछ म जस्तो दुर्गतीको परमकष्टको समय सिमा ननाघि कनै पुग्नु भएछ मलेसिया । बाटोमा कतै कुटै खान परेन कतै लुटै खान परेन जंगलमै सुत्न परेन । काकाहरु मलेसियामा पुगेको खवर पाउने वितिकै म थाइल्याण्ड नेपाल फर्किए । नेपाल फर्कने बितिकै फुपुले आफ्नो देवरहरु पनि पठाउने बिचार गर्नु भएको रहेछ । ठीकै छ मैले पनि केही मान्छेहरु तयारी गरेर लाने विचार गरे छुट्टिने बेलामा फुपुले भन्नु भयो "कान्छा यो चोटी मलेसिया बाट फर्केर आउदा काकाबाट जति पैसा हुन्छ ल्याइ दिनु हैू म फेरी लागे मलेसिया । हामी सबै जना थाइलाण्डमा थियौ साथीहरुको जाने बाटो त त्यही नै हो । उनीहरु मलेसिया लागे म चाहि फेरी फर्किनु पर्ने भएकोले जहाजबाट गए । हुन त उनीहरुलाई पनि जहाज बाटै लगेको भए हुन्थ्यो भन्ने कुरा पनि आउथ्यो तर उनीहरु कमिज सुरुवालको भेषमा नै थिए त्यहाँ पनि जहाजबाट गएको भए मलेसिया त हैन सिधै नेपाल चाहि पुगिन्थ्यो । जे होस म मलेसिया पुगेर उनीहरुलाई जिम्मा लिनको लागि पर्खेर बसे । हप्ता दिनको पर्खाइ पछि पनि मैले उनीहरुलाई पाउन सकिन मोवाइलको जमाना आइ सकेको थिएन त्यति खेर मैले सम्झ कुनै एजेण्टले जिम्मा लिएर काममा लगाइ सक्यो होला र मलाई अस्पुष्ट समाचार पनि त्यस्तै आयो किनकी कुनै घट्ना दुर्घट्ना भएको खण्डमा त मलाई जरुर खवर आउनु पर्ने हो तर आएन तै पनि आफ्नो साथीहरु र गाउले हरुलाई भेट्न नपाएकोले मन अमिलो बनाउदै फेरी थाइल्याण्ड फर्किए । थाइल्याण्ड आए पनि वोर्डर पार गराउने एजेण्टलाई सम्पर्क गरेर सोधे मेरो मान्छेहरुको बारेमा । एजेण्टले सबै मान्छेहरु मलेसिया पुगेर कामका लागि सकेको जानकारी दिए पछि म ढुक्कले नेपाल फर्किए । मलेसिया जान लागेका साथीहरु मध्य एक जना साथी थियो दिपेन श्रेष्ठ उ पहिले पनि मलेसिया वसी सकेको भएकोले उसले पनि थोरै तिनै गाइड गर्ने कुरामा एक किसिमले ढुक्कै नै थिए । नेपाल आएको झण्डै हप्दा दिन पछि नै मलाई थाइल्याण्डबाटै फोन आयो । दिपेन जी फोनमा भन्दै हुनुहुन्थ्यो ूनयन्द्र जी त्यो विष्णु नेपालमा मास्टर थियो हो- मैले भने "सायद होला" उताबाट उत्तर आयो "त्यो विष्णले गर्दा म पनि पक्राउ परे मास्टर हु भनेर सान दिदै थियो लोसे भएकोले हिडनै मानेन म उस्को साथमा रहदा रहदै हामी पक्राउ परेर अहिले थाइल्याण्डमा आएका छौ ।" अरु सबै साथीहरु मलेसिया पुगे पनि दिपेन र फुपुको देवर विष्णु राई जेल परेर फेरी थाइल्याण्ड फर्केर आएको कुरा जानकारीमा आए पछि यो समाचार मेरो लागि अप्रत्यासित जस्तै भयो । बास्तबमा मलाई त्यो बोर्डर पार गराउने दलालले भ्रममा राखेको रहेछ तर हुनुहार जे भयो मैले फेरी विष्णुलाई मलेसिया पठाउनको लागि भनेर थप नेपाली दश हजार पठाई दिए । त्यस पछि उ मलेसिया छिरेको खबर पाए । मैले काकालाई मलेसिया पुर् याए पछि मेरो काकासंग कहिल्यै सम्पर्क हुन सकेन काकासंग सम्पर्क नभए पछि मैेले फुपुको नासो ल्याइ दिने कुरा पनि भएन तर सुने फुपुले म संग धेरै मन दुखाउनु भयो रे तर मेरो हेराइमा दुखाउनु पर्ने ठाउ छ जस्तो लाग्दैन तर आज बर्षौ पछि काकासंगको भेटघाट पछिको भलाकुसारीमा काकाको आत्मालापले के बुझे भने मैले गरेको सहयोग काकाले गुण नै सम्झिनु भएको रहेछ धन्य छ काका तपाईलाई ।
काकासंगको धेरै लामो गन्थन पछि त्यो दिनलाई हामीले विश्राम गर् यौ । सम्झे अब गाउघरमा विजुली पनि आएछ । मैले कहिल्यै कल्पना गरीन मेरो गाउँमा पनि विजुली पुग्छ भन्ने कुरा । बिजुली त हाम्रो सपना हो । हामी सानै थियौ मेरो घर देखी पारी धनकुटा बजार देखिन्छ जहाँ रात परे पछि सधै खुला आकाशका तारा चम्के जस्तै विजुली वत्ती वलेको देखिन्थ्यो तिहारमा दिपावली मनाउनलाई सजाइएको रँगिन बत्तीका सजावट झै लाग्दथ्यो धनकुटा बजार । टाडाबाट चम्केको देखिने भएकॊले मैले टाडाबाट विजुली नियालेको वर्षौ सम्म पनि विजुली राती उड्ने जुनकिरी जस्तै पिलिक पिलिक चम्किन्छ भन्ने नै भ्रममा रहे । मलाई घरमा विजुली बलेको नौलो हैन मेरो गाउँघरमा पनि बिजुली पुगेकोमा चाहि आश्चर्यमा परेको थिए । हुनत धरान धनकुटा सडकको निर्माण भै सके पछि पनि गाडि चड्नको लागि घण्टौ हिड्नु पर्ने हाम्रो जस्तो विकट ठाउँमा अहिेले विजुली पानी सडक फोन टोल टोलमा छ घर घरमा छ जीउनु मात्रै सक्नु पर्छ अझै धेरे देखिन्छ ।

बेलुकी अलि ढिलो निदाएकोले विहान बिउझिदा घाम निकै माथि झुल्की सकेछ । ठुली दिदीेले "कान्छा ! उठ्ने बेला भएन " भन्दा मात्र एक्कासी विउझिए । मेरो यस चोटी हिमाल हेर्ने धोको चाहि पुरा हुन सकेन । मेरो घरबाट उत्तर तिर देखिने काचनजँघा मकालु र सगरमाथा अझै पनि म बालक छदा झै कल्कलाउदो बैश लिएर हास्दै हामीलाई नै नियालेर बसी रहेको छन कि बैश झरेर फुङ्ग उडि सकेको छ म जस्तै । मैले यहाँ वर्णन गर्न सकिन किनकी तुवालोले पुरै आकास धर्ती धमिलो बनाएका थियो । पारी पाटी बुधुक डाडाँ पनि बजार भै सकेछ । निकै बाक्लो बस्तीहरु थपी सकेछ । हुनत हामी बालककाल छदा पनि त्यो ठूलो सहर थियो तर त्यो समयमा मानव वस्तीको शहर हैन मृत शरिर गाड्ने ठाउको शहर थियो । भूतले तसा्रउछ भन्थे खै अहिले त भूत आफै तसर्िएर भागे जस्तै छ । पहिले यो डाडामा केही थिएन चिहानै चिहान मात्र थियो । एउटा स्कुल थियो डाडामा एउटा पाचायत भवन थियो वावा प्रधान पाच भएको बेला बनाएको हो भन्थ्यो मानिसहरुले । हामीे स्कुल पढिन्जेल सम्म पनि खुट्टामा जुत्ता लाउने चलन थिएन जुत्ता लाएर हिड्नु भन्दा खाली खुट्टा हिड्नु नै सजिलो लाग्थ्यो । सट्र सुरुवाल र खालि खुट्टा स्कुल जान्थ्यौ । िसंगडा जस्तै छेउ कुना नमिलेको ग्राउण्ड थियो । झुम्रो र भोगटेको दानाहरु मसिना ढुँङ्गा घारीमा खाली खुट्टाले गोल हान्दा हान्दै खुट्टाको सवै नङ्गहरु घाउको पाप्रा उक्किए झै उकिन्थे । एक दिन चर्को घाममा झुम्रोको गोल खेल्दा खेल्दै सारै तिर्खाएछु । त्यति खेर अहिले जस्तो खाने पानी को सुविधा थिएन । धेरे तल कुवामा जानु पथ्र्यो । स्कुलको घण्टी लागि सकेको थियो । ग्राउण्ड छेउमै नातेदारको घर थियो । पानी खानको लागि भनेर गएको घरमा ढोका लगाएको रहेछ फुपु अलि पर हुनुहुन्थ्यो फपुलाई भन्न मन लागेन फुपुले थाहा नपाउने गरी ढोका खोलेर भित्र हेरे चिन्डोमा पानी भरेर राखेको देखे । चिन्डो ठाडो पारेर धित मर्ने गरी पानी पिएर बाहिर निक्लदै गर्दा फुपु आइपुग्नु भयो अप्ठेरो मान्दै फपुलाई भने " फुपु मैले त चिन्डोको पानी खाइ दिए । फुपु मजाले हास्नु भयो र भन्नु भयो त्यो चिन्डोको पानी त गाइलाई खुवाउनको लागि आहाल बाट ल्याएर राखेको रहेछ । घर भित्र अधेँरो थियो तर फोहोर पानीले मेरो स्वास्थ्यमा असर गरेन बरु तिर्खा चाहि मेटियो ।

बिहानै खाजा खाए पछि आमाले भन्नु भयो "जा ! ठूलदाजुलाई पनि भेटेर आइज ।" म ठूलदाजुको तिर लागे । ठुल दाजु घरमा हुनुहुन्न रहेछ । फर्कदा म सधै मेरो जन्म भएको ठाउँमा जान्छु र आज पनि गएर त्यो ठाउमा धेरै बेर टोलाएर बसे यो त्यहि ठाउँ जहाँ म जन्मिएको थिए म हुर्किएको थिए । धेरै दुख सुखको स्मरणहरु छ यो डाडा संग । अहिले त त्यहाँ डाडा मात्र छ मेरो जन्म घरको भग्नाबषेश पनि छैन र पहिले त्यो ठाउँको सान मान इज्वत र बातावरण नै बेग्लै थियो । ठूलो घर थियो । घरको वरीपरि वरण्डा थियो । घर देखी तल बाजेले बगैचा लाऊनु भएको थियॊ । बगैचामा फलफुल स्याउ आलुचा आरु वखडा अँगुर सुन्तला अनार जुनार कागती अम्बा मेहेल केरा बगैचा भरी थियो । बाजे सर्धै सिकुवामा तमाखु पिएर वस्नु हुन्थ्यो । धेरै धरै मान्छेहरु आवत जावत गरी रहन्थे । गाउँमा कुनै मुद्धा मामिलाहरु पर् यो भने मुद्धा मिलाउनको लागि हामै्र घरमा आउथे । कुनै कुनै मुद्धाहरुमा बाजेले गरेको फैसलाहरुमा प्रहरीहरु आएर साक्षी वसेर जान्थे । घर देखि दक्षिण पश्चिमतिर ठूलो जँगल र मूलबाटो थियो मूलबाटोमा बेला बेला अपरिचित बटुवाहरु हिड्दथे बाबा बार्दलीमा बसेर देखेका जति सबै बटुवाहरुलाई बोलाएर जाँड खुवाएर पठाउने गर्नु हुन्थ्यो । गाउँ पुरा अन्धविश्वास अशिक्षा गरीवि र विकटताले भरिएको थियो । मलाई ठ्याक्कै एकिन मिति त थाहा छैन तर मैले यो कुरा आमालाई भन्दा त्यति बेला तँ त्यस्तै ४ वर्षको थिइस भनेर भन्नु हुन्छ । साँझ झमक्क परेको थियो हाम्रो घरमा गाउँका सबै वीस पच्चिस जना मान्छेहरु आए र आमासंग मागेर जाँड रक्सी खाए । मलाई सबै कुरा एकिन थाहा छैन बाजेले के के भन्दै गाउलेहरुलाई गालि गर्दै हुनुहुन्थ्यो । केही बेर पछि सबै गाउलेहरु हाम्रो घरबाट विदा भएर गए । केही बेरमानै हाम्रो घर देखि अलि तल एउटा घर थियो एक्कासी कोलाहल रुवाबासी मच्चियो सबै गाउलेहरु खल्याङ्ग बल्याङ्ग गर्न थाले । बाजे धेरै नै कराइ रहनु भएको थियो । एकै छिन पछि सबै चुपचाप भए भोली पल्ट सबै गाउलेहरुलाई बाजेले घरमा झिकाउनु भयो प्रहरी चौकीबाट पुलीसहरु पनि आएको थियो । छिमेकी घरको बोजु पनि र अर्को एक जना बोजु पनि हाम्रो घरको पिडिमा आएर डाको छाडेर धेरै धेरै रुनु भयो । वास्तविक कुरा थाहा थिएन मलाई तर बेला बेला बोजुहरुहरुकोमा जाँदा खेरी मिठा मिठा खानेकुराहरु खुवाएर पठाउने भएकॊेले ती वोजुहरु रुवेकोमा म पनि दुखि थिए तर पछि मात्र थाहा भयो ती दुइ महिलालाई बोक्सीको आरोपमा गाउलेहरु सबै मिलेर दिसा खुवाएर जघन्य अपराध गरेको रहेछ । त्यस्तो जघन्य अपराधको मुद्धा बाजेले पिडित प्रहरी र सारा गाउले अभियुक्तहरुलाई मिलापत्र गरेर पठाइ दिनु भयो । हाम्रोमा धान कुट्नको लागि ढिकी थिएन । अहिेलेको जमाना जस्तो मिलको चलन थिएन । सधै सधै मैले माथि नाम लिएका भिम काकाकोमा जानु पथ्र्यो । धान कुटेर फर्किदा निकै रात परि सकेको हुन्थ्यो । म सानै देखि अधेँरो भने पछि अत्यन्त डराउछु । जाँदा त म पनि हिनेर नै जान्थे फर्कदा चाहि राती निकै अबेला हुने भएकॊेले आमाले मलाई पिठ्यूमा बोकेर ल्याउनु हुन्थ्यो । विचमा सानो जँगल थियो भन्थे त्यो ठाउँमा राती तसा्रउछ । हामी सबै साना थियौ दिदीहरु साइला दाजु आमा मध्य आमा सबै भन्दा पछाडि हिड्नु हुन्थ्यो । कहिले काही साइला दाजुले पनि बोकेर विचमा हिड्ने गर्नु हुन्थ्यो तर आमाले मलाई पिठ्यूमा बोकेपछि सबै भन्दा पछाडि त म हुने भए । म सबै भन्दा सानो अधेरी रात त्यो पनि जँगलको विचमा सबै भन्दा पछाडि मेरो के हालत हुन्थ्यो होला मैेले जन्मे पछि डेढ दशक भन्दा वढी समय सम्म यही डाडाको सेरोफेरोमा रहेर विताए । धर्तीमा पहिलो आखाँ यही नै खोले । तोते बोले यही नै बोले । म जन्मदै हिमालको चिसो सिरेटो खादै कठ्याङग्रीयर हुर्किए । जीन्दगीको बालककालको लामो समय यही ठाउमा मात्रै समर्पित गरिन कि बर्षौ पछि सात समुन्द्र पारीको देशमा रहदा बस्दा पनि निन्द्रा देवीको कोखमा देखिने सपनिमा सधै सधै त्यहि पुरानो घर बगैचा आँगन झझल्को दिइ नै राखेको हुन्छ अर्थात मेरो सपनाको गाउँ र घर भइ रहेको छ मेरो लागि त्यती खेरको घर पालुवा जनवारहरुमा िसंदुरे बिजुले र त्यस पछिका मान्छे भन्दा पनि ज्ञानी कलुवा गजुवा गोरुहरु र कलौरी गाई नै सपनाका दोस्तीहरु भै राखेका हुन्छन भने त्यही घर बगैचा जंगल बस्ती स्कुल चरण नै सपनाका गन्तब्यहरु हुन । मेरो सपनाको गाउँ जहाँबाट विश्वका सर्वोच्च सिखर सगरमाथा तेश्रो काचनजंगा र पाचौ मकालु को दृष्यालोकन गर्न पाइन्छ । हिमाल हेरेर कल्पना गर्थे त्यो भन्दा पारी पटी के होला तर मैले धेरै वर्ष सम्म मकालुलाई सगरमाथा त्यै हो भनेर सम्झेको छु । दशैमा नवरथा लाग्ना साथै गाउँको दमै आएर घरमा नगरा बजाउथ्यो सायद दशैको आगमनको सँकेत थियो त्यो । साच्चै चहलपहल हुन्थ्यो चाडबाडमा । दशैमा नगरा र बाजा गाजा सहित मौलो पुजा हुन्थ्यो । बाजे संग टिका लाउन आउने रैतीहरुको भिड लाग्थ्यो । अनगिन्ती मान्छेहरु आउथे खान्थे मातेर जान्थे । घरमा आएको मान्छेहरुलाई खुवाउन जाँड छान्दा छान्दा हातको नारीहरु सारै दुख्यो भन्नु हुन्थ्यो आमा । आमालाई अहिले यो कुरा सुनाउदा भन्नु हुन्छ अहिले त मलाई बर पिपलको सितल छहारीमा बसे जस्तै सितल भएको छ । तर आमा भन्नु हुन्छ मात्रै अहिले पनि घरमा आउने जो कोहीलाई पनि खाली मुख पठाउनु पर् यो भने आफै पनि कम्तीमात्र दुखी हुनुहुन्न । घरमा आउने पाहुनालाई चोखो मुख फर्काउनु हुन्न माग्न आउने मान्छेलाई खाली हात फर्काउनु हुन्न आफु मात्रै खानु हुन्न समाजमा बसे पछि कसैलाई दुख पर् यो भने आफ्नै दुख सम्झनु हुन्छ । कसैको घरमा मान्छे भोकै छ भने आफ्नो गासँ काटेर भए पनि अघाउनु दिनु हुन्छ । बाजे बाबुले यस्तै सस्कार बसाए र साखा सन्तानहरुलाई पनि यस्तै शिक्षा दिएर गए । बाबु बाजेले सिकाएर गएको यो जीवनको शिक्षा हामी सन्ताहरुले समान स्तरमा आजिवन ग्रहण गरेका छौ किनकी यो जीवनको शिक्षा भनेको बिद्यालयमा गएर हासिल गरेको जस्तो शिक्षा होइन यो बजारमा पाइने गिँजामा अड्काएर राख्ने नक्कली दात जस्तै हुन्छ तर जीवनको शिक्षा भनेको जन्मदै गिँजाबाटै पलाएर आएको हुन्छ जो कहिल्यै परिवर्तन हुदैन । बाजे बाबुमा निहित यो गुण र सँस्कार हामी हरेक सन्ततीका नसा नसामा भावनाहरुमा ब्यवहारहरुमा उत्रिएको छ भलै अहिलेको जस्तो स्वार्थी समाज र भिडभाडका लागि असफल र अनुपयुक्त पद्धती नै किन नहोस । मेरो सपनाको गाँउको सेरोफेरोमा मेरो पिता पुर्खाहरुहरुले एउटा निश्वार्थ र उदार सस्ँकारलाई विजारोपन गरेर जानुृ भयो यो अनन्त सम्म मौलाएर जानेछ सायद बँशानुगत गुण यसैलाई भन्छ क्यार ।

३८ साल तिर चैत्रको महिना अक्सर यस्ता महिनाहरु खडेरीका महिनाहरु हुन । जता ततै सुख्खा मौसम हुन्छ । रुख जंगलमा रुखका पातहरु झरेर उजाडिएको हुन्छ । जता ततै हावा हुरी बतास चलेर खुल्ला आकास पुरै धमिलो भएको हुन्छ । घर छेउको ठूलो सल्लाघारकिा आगलागि भएर जँगल छेउकै हाम्रा घर वरिपरीका केही वगैचा र केही छिमेकी घरहरु पनि सखाप भए । हेर्दा हेदौ वरिपरीबाट देखिने त्यो दरवार जस्तो भव्य भवन एकाध घण्टाको अवधीमा नै खण्डहरमा परिणत भयो । बाजेले साहै दुःखले बनाएको त्यो भब्य भवन आफ्नौ अगाडि खरानी भएको देखे पछि बाजेले मन थाम्न सक्नु भएन । आशुले उमेर नभन्दो रहेछ ८० वर्षको उमेरमा बाजे बेसरी रुनु भयो । हामी विचल्ली भयौ । हामी माथिको यो विपत्ती पछि यसको चोट सँगै बाबा थलिनु भयो र अनेक रोग सँग झेलीदै एक वर्ष पछि वित्नु भयो । त्यस पछि हामीले यो खण्डहरुलाई छाडेर अलि केही पर नयाँ घर किनेर सर् यौ । घर आगलागि भएको पिर र एकमात्र छोरा वितेको चोटसँग मुकाविला गर्दा गर्दै बुहारी हामी चार भाइ नाती दुइ वहिनी नातीनी र पनाती पनातीनीको माया र सान्त्वनाले पनि बाजेको पिरलाई खुशी तुत्याउन सकेनौ । पिरै पिर र सोकै सोकमा बाबा बितेको एक वर्ष पछि नै बाजॆले पनि बाबाको बाटो समाउनु भयो । साँसारिक नियमको पालना गर्दै हाम्रो नजर र समिप्यबाट बाजे बाबु मात्र अलग हुनु भएन त्यो मेरो सपनाको गाँउ अहिले साच्चै खण्डहरुमा परिणत भएको छ । वरीपरिका फलफुल बगैचामा रहेका फलफुलहरु रेख देख र मलजल नपाएर अहिले सबै मासिएका छन । सुन्तोलाकाबोटहरु सवै सुकेर दाउरा वाली सकिएछ । उति बेला कतै नपाईएको स्याउको रुख अहिले जरा धरी खनेर आगो तापिएको छ । बाजेले श्रृजना गरेको बगैचा अहिले "सुगुरलाई सुगन्ध फुलबारी डेरा सार्कीलाई श्रीखण्ड कामीलाई केरा" भने जस्तै भइ राखेको छ । बाजे सबै मान्छेहरुलाई थेगो मिलाएर सधै भन्ने गर्नु हुन्थ्यो "जोकेरे मेरो सबै नातीहरु मेरो प्रतापले म जस्तै बाठो छ मेरो बिडो थाम्छ ।" तर बाजेले नाती पनातीहरुकै लागि रोपेर हुकाईएको फलफुल बोट बिरुवा ढालेर दाउरा चिरेर आगो तापेका छौ बाजेको सपनालाई हामीले मूतको न्यानो सम्झेर खिल्ली उडाएका छौ । यि सवै इतिहास र वर्तमानका जीवित साक्षी हुनुहुन्छ हाम्री आमा । आमा त्यती जान मन गर्नु हुन्न त्यो ठाउँमा किनकी त्यो ठाउमा आमाले धेरै धरै पसिना वगाउनु भएको छ । धेरै धेरै आशु झार्नु भएको छ । साच्चै भन्ने हो भने यसैको सेरोफेरोमा आमाले आशु रित्याउनु भयो । मेरो स्मरणमा नआएका र म जन्मिनु भन्दा अगाडि आमाले घर परिवारका लागि भोगेका दुख र सँघर्षका दर्दनाक दुख सुखका विलापहरुको सँगालो अहिलेलाई समय र परिस्थिति मै जिम्मा दिदै गरुला तर बाजे बाबुको तानासाही शासक प्रबृतिको युगको सुरुवातसँगै अन्त पनि गर्नु भएको छ । अहिले त्यो सान रवाफ र सँघर्ष एउटा इतिहास भएको छ । गजवको स्मरण भएको छ । जे थियो जस्तो थियो देख्नको लागि त मैले सपना नै देख्नु पर्ने भएको छ । केवल अहिले त उजाड छ सुनसान छ बेवारिसे भएको छ ।

यस्तो पनि जमाना थिए कसैले डाडाँमा गएर हात सुइय पार्ने वितिकै गाउका भए भरका मान्छेहरु एकतृत हुन्थे खेती वाली लाउने र भित्राउने बेलामा पनि हार गुहार हुन्थे आलो पालो गर्ने पालो पैचो गर्थे । मर्दा सबै दुखी हुन्थे पर्दा सबै एक हुन्थे । हाट वजार हिड्दा पनि एक मत र एक हुल भएर हिड्थे समाज पैसामूखी भै सकेको थिएन । कसैलाई केही पर्ने वितिकै समाज एक हुन्थे तर अहिले धेरै परिवर्तन भएको छ । समाज भ्रष्ट भएको छ नाता गोता छैन छर छिमेकीको सम्वन्ध छैन हामी भन्ने भावना कतै छैन । भए भरको सुविधा मै मात्र लिउ मिठो मसिनो मै मात्र खाउ विकाशको फल मैले मात्रै पाउ धाराको पानी मै मात्र पिउ विजुली म मात्रै बालु मेरो जग्गामा कसैले पाइलै नटेकुन म कहिले मर्दिन मरे पनि मलाई कोही चाहिदैन भन्ने भावनको विकाश भएको छ ब्यक्ति ब्यक्तिहरुमा । हरेक छिमेकीहरु एक अर्काका दुस्मन भएका छन । सम्वन्ध त छदैछैन बोलचाल समेत छैन । हामी विदेश बस्दा बस्दा वाक्क भएका मान्छेहरु बेला बेला गाउँ घर जन्म थलो पिलोहरुलाई नै केही वनाएर बसौ जहाँ जन्म्यौ जहाँ हुक्र्यौ त्यही नै केही गरौ भन्ने कतै नभएको राष्ट्रबादी सोच फुर्ने गर्छ । विदेशमा खाएको दुख हण्डर सम्झदा देश र गाउँकै लागि ज्यान अर्पन गर्छु भन्ने कसै सँग नभएको राष्ट्रभक्ति भावना जाग्ने गर्छ तर सोझो गरेर खानु पर्छ विदेशमा सवै मित्र थोरै सत्रु तर गाँउमा सोझो गरेर खानु पर्छ थोरै मित्रु सवै सत्रु यो समयको विकृति हो ।आमासंगको समिप्यमा रहने ती छोटा दिनहरु थाहै नपाई विति सकेछ । सम्झेको थिए ८२ वर्षको बृद्ध आमा अवत धेरै गल्नु भयो होला आगन नै परदेश भै सकेहोला हिडडुल गर्नको लागि पनि कसैको साहारा चाहिने भो होला तर मैले थाहा पाउदा देखीको मेरो आमाले देखाउने गर्नु भएको जोश जाँगर मिहेनत यो उमेरमा आई पुग्दा पनि कुनै बीसको उन्नाइस घटेको पाइन । घास दाउरा गोठाला अझै आमाकै भर देखे । जस्तै कहाली लाग्दो दुख बिपत्तीमा पनि यो गाँउघर पाखा र समाज देखी कहिल्यै विमुख हुन नखोज्ने मेरो आमाको गाँउ समाज प्रतिको समर्पण र त्याग सबै छोराहरु आफ्नो काखमा नहुदाको पिडा डुब्न लागेको आफ्नै जीबन स्वार्थी र अवसरवादी छर छिमेकी र आफन्तहरुसँगको वैमनस्यताको सामाजिक परिबेशले अलि थोरै भए पनि गाउँघर देखि अहिले चाही मन कुडिएको होकी जस्तै लागेर आमालाई भने आमा ! अब यो उमेरमा आएर धेरै दुख दुख गर्नु पदैन काठमाण्डौ गएर वसौ है ! हामी सबै छोरा छोरीहरु हुर्किएर ल्ााखापाखा लागे पछि घरमा पालिएको खसी बोका सुगुर गाइ कुखुराहरुलाई नै आमाले आफ्नै सन्तान सम्झेर रमाउनु थाल्नु भयो । बाबु नानीको उपाधी तिनै घर पालुवा पशूहरुले पाउन थाले । पशुहरु पनि कम्तीका हुन र आमाको आवाज र बोली नै सुन्न नहुने त्यसै त्यसै रमाउथे । काठमाण्डौ जाने कुरा गर्ना साथै सधै सधै पाल्तु जनवारहरु सग हुने बिछोडको पीडा सहनै सक्नु हुन्नथ्यो र भन्नु हुन्थ्यो यो सुँगु खसी कखुरा पनि सगै लानु पर्छ है । तर आमाले यस चोटी केही भन्नु भएन र सम्झे अब चाही आमाले हरेश खानु भएकै हो । सायद आमाले सम्झनु भएको होला एउटा छोरा चाही संगै भए हुने थियॊ । आमासंग बसेको पाँचौ दिनमा नै फिर्नु पर्ने भयो विहानै । आमा र दिदीले बिहान सबेरै मेरो लागि भनेर खाना पकाई दिनु भएछ । खाना खाइसके पछि हिड्ने बेलामा आमालाई भने आमा ! फोटो खिच्नु पर्छ लुगा फेनुृ्र न ! आमा र दिदीेले लुगा फेरेर आउनु भयो । भिम काकाले खिचिदिनु भयो आमा दिदी र मेरो । त्यस पछि मैले आमा र दिदीको मात्रै खिचे । अन्तीममा आमालाई अलि सिधा बस्न लगाए र भने आमा ! अव आमाको मात्रै खिच्छु है ल ! आमा बोल्नु भएन । मैेले आमाको मात्र फोटेा खिचेर क्यामरा बन्द गरे मात्र आमा रुनु थाल्नु भयो केही भन्नु भएन रुनु मात्रै भयो । दुख पीडा र अन्यायमा आमाले कहिल्यै आशु झार्नु हुन्न बेस्सरी मन दुख्नु पर्छ आमाले आशु झार्ने नै हामी सन्ततीको लागि मात्र हो । मैले आज फेरी आमाको मन दुखाए । हामी सधै घरबाट हिड्ने बेलामा आमा सोच्नु हुन्छ र भन्नु हुन्छ "तिमीहरु गए पछि फर्केर आउन जान्दैनौ म अब धेरै बाच्दिन फेरी आउदा मलाई भेट्दैनौ होला ।" अंगालो हालेर भने "आमा नरुनु साइला दाजु पनि तीन चार महिनामा आउनु हुन्छ म फोन गरी रहन्छु" आमाले दुइ शब्द निकान्नु भएन आशु पुछ्दै रोइ रहनु भयो मात्र । हामी आमा छोराको यो वियोगान्तीक रुवावासीको माहौलमा ठूली दिदी र भिम काका पनि समाहित हुन सकेनन त्यहाँबाट पनि ओझल पर्नु भो सायद वहाहरुले पनि आसु रोक्न सक्नु भएन । आमाको दुधसँगै आशुको भार पनि बोक्न तयारी थिए म यति हो मैले सकेको आमाको आशुलाई मैले पनि आशुले नै साथ दिए । तुरुक्क आखाँबाट आशु झरे पछि आशुले भिजेको मेरो आखाको परेलीलाई हातले पुछ्दै भने "आमा अब म जान्छु उता पुगे पछि फोन गर्छु नि ! चिन्ता नगरी बस्नु धेरै दुख गर्नु पदैन पैसाहरु चाहियो भने पठाइ दिन्छौ नि है ! । आमाले मुन्टोमात्र हल्लाउनु भयो । केही दिन पछि इजरायल आउने साथ फेरी त्यस्तै व्यस्ततालाइ चिर्दै आमालाई फोन गरेर भने "आमा म त इजरायल आइ पुगे त" आमाले फेरी पनि रोदन मिश्रीत स्वरमा भन्नु भयो "के गर्नु त छाडेर गइ हाल्यौ त ! अब कहिले आउछौ त " मैले भने "एक वर्ष पछि" आमाले फेरी भन्नु भयो "एक वर्ष पछि मात्रै ल ल म पर्खि रहन्छु है त ! अर्को साल सम्म बाँचे भने……………" फोनमा अचानक खरावी आउछ र लाइन काटिन्छ कम्प्युटर एकहोरो बोली रहेको हुन्छ सवै सक्र्युटहरु व्यस्त छ कृपया फेरी प्रयास गर्नु होला ।
अस्तुः

2:19 PM | Posted in | Read More »