|

कालेको झटारो आफैतिर

अलि अगाडी कालेको मनमा NRN इजरायलको चुनावप्रति उति सकारात्मक बिचार थिएन, तर इजरायलमा बढ्दै गएको तापक्रमसँगै एकाएक चुनावी रन्कोले तातिएका गैह्र अावासिय नेपालीहरू फलानेा र ढिस्काना पद भन्दै घाेषणापत्रसहित उम्मेदवारी दर्ताको घुँइचेामा लाम लाग्न थालेपछि र संविधानसभामा भागलिन नपाएको झेाँक NRN मै भएपनि भाग लिएर चित्त बुझाउने सुरमा कालेपनि एकाएक शीर्ष पदमध्यकै एक पदकालागि उत्रियाे ।

यो निर्णय कालेले उम्मेदवारी दर्ताकै अघिल्लाे साँझमात्र गरेकोले यसको तर्फबाट कुनै पूर्व तयारी वा उम्मेदवारहरूकै भाषामा भाेटमाग्ने कामसम्म भएन। अन्तिम घडीको क्षणिक चम्काइ र जाेश अनि त्यसमाथि यसको पदका प्रतिस्पर्धी इजरायलवासी नेपालीहरूमाझ भिजिसकेका, सामाजिक पृष्ठभुमि र हैसियत राम्रै बनाइसकेका पत्रकार मित्र परेकाले पनि यसको भारी मतान्तरको परिणामलाइ लिएर कालेलाइ उति अस्वभाविक लागेको भने छैन । बरू फाइदै भएको छ, फाइदा कसरी भने अहिलेसम्म गुमनामी कालेको नाम सम्म सुनेका तर परीचय नपाएका धेरैले चुनावकै माैका छाेपेर भएपनि हल्का फुल्का चिने, याे पनि फाइदाकै कुरा हाे।

NRN इजरायलको बदख्वाइ गर्दा गर्दा यतिखेर कालेको झटारो अाफैतिर फर्किएको छ। असफलता नै सफलताको कसी हो भनेरमात्र चित्त नबुझाउन काले सबैलाइ अाग्रह गर्छ । यसपालीको चुनावी परिणाम र भारी मतको फरक हेरेर पनि पराजितहरूले राम्रै पाठ सिक्नुपर्ने चुरेा कुरेा काले भन्न चाहन्छ, पराजित प्यानलमध्यका केही सामाजिक र परिचित व्यक्तिहरूको विजयले पनि जित्नका लागि नाराले मात्र केही नहुने रहेछ त्यसका लागि जनमानसमा राम्रैसंग भिज्नुपर्दारहेछ भन्ने कुरा प्रष्ट पारेको छ

अब कसले जित्यो वा कसले हारयो भन्दा पनि हिजाेको भुलभुलैयाहरूमा नअल्मलिइ मिलेर अघि बढ्नुको अर्को विकल्प छैन ।
विजित र पराजित सवै मिलेर NRN लाइ गति दिएर एकएक कदम अघि बढाए सबैको हित सबैको जीत हाेला अन्यथा पारा उही हो ।

Posted by *.* on 1:39 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "कालेको झटारो आफैतिर"

Leave a reply