|

कालिकोट दुखेको छ



फेरी पनि कता कता चोट दुखेको छ
आफ्नै भूमि आफ्नै रगत कालिकोट दुखेको छ

आफ्नैसंग लड़नुपर्ने कति तुच्छ विवशता यो
ब्यर्थै "वीर गोरखाली"को लेखोट दुखेको छ


पैसाको खोलो बग्दा डूब्यो अरे स्वाभिमान
आँखा भरी विदेशी नोट दुखेको छ

सधै साउन झरेको छ नेपालीको आँखाबाट
नियतिमै रहेछ कि खोट, दुखेको छ

घरभित्रै चैन भए कोही किन बिदेशिन्थ्यो?
मुनाको चिहानमा ल्हासा, भोट दुखेको छ


Posted by *.* on 12:45 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

1 comments for "कालिकोट दुखेको छ"

  1. कवि दुख्छ देश सँगै र पोख्छ बह शब्दहरुको लाम बोकी !राम्रो बह पोखाई!

Leave a reply