|

छाती उस्तै छ



असरल्ल अभावहरु
घाऊहरु, पीडाहरु, गृहयुद्धका चिराहरू,
अझ धेरै बिझेका छन ।
दुखेका छन चहरयाएका छन ।

मित्र निर्दोष हरु मरो देशमा
दिनदिनै रेटिइन्छन
कलमहरु डराएका छन
शान्ति सुरक्षा र न्याय हराएका छन ।

उफ़ यो बर्बरता ?
म बुद्धको देश कसरी भनु?

मानौ यस्तो लाग्छ यतिखेर,
सगरमाथा झुकेको छ ?
स्वाभिमान लुकेको छ ।

मित्र हेर त एकपटक छामेर ,
मेरो जस्तै तिम्रो पनि छाती उस्तै छ,
जहाँ देश दुखेको छ ।

Posted by *.* on 6:50 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

1 comments for "छाती उस्तै छ"

  1. युवा चिन्तन छ जताततै । यो त्यसबाट भिन्न कसरी होस्? सरल,सबल र सरस छ ।

Leave a reply